राष्ट्रपति भण्डारीबाट झलनाथ खनाललाई ‘राष्ट्र गौरव’ पदक

काठमाडौं : सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदक प्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता खनाललाई उक्त पदक बिहीबार प्रदान गरिन् ।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण प्रदान गरिएको हो । संविधान दिवसका अवसरमा सरकारले नौ सय तीनजनालाई मान-पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...