गुल्मी – गुल्मीका एक जना वडाध्यक्षले पदबाट राजीनामा दिइ वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।
मुसिकोट नगरपालिका–३ का अध्यक्ष कर्णबहादुर घर्ती क्षेत्री (कर्णध्वज जिसी ) ले उक्त पदबाट राजीनामा दिइ सोही वडाको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
उनले गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष जितेका थिए । केही दिनअघि एमाले परित्याग गरेका उनले अहिले भने एकीकृत समाजवादीमा समाहित भएर गठबन्धनको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका हुन ।
जिसीले भने, ‘मलाई पार्टीले मुसिकोट नगरपालिकाको उपमेयरमा उठ्नु प-यो भनेर भनेको थियो । मैले भने युवाहरुलाई ठाउँ दिनुपर्छ भनेर श्रीराम महतलाई उठाइयो ।
त्यसपछि मलाई फेरि पार्टीले जिल्ला समन्वय समिति जानका लागि वडा सदस्यमा उठ्न भन्यो । त्यसपछि पार्टीले दिएको जिम्मेवारी पुरा गरेको हुँ । ’
मुसिकोट नगरपालिकाको उपमेयरको उमेदवार भएका महतले जिसीलाई वडा सदस्यमा जिताइ जिल्ला समन्वय समितिमा लगिने बताए ।