झापामा एमालेलाई हराउन सत्ता गठवन्धनले चाले यस्तो कडा कमद, अब के गर्ला ओली ?

काठमाडौं – प्रदेश १ मा सत्ता गठवन्धन र राजेन्द्र लिङदेनले नेतृत्व गरेका राप्रपाबिच गठवन्धन हुने भएको छ । यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनको लागि झापासहितका जिल्लामा सत्ता गठबन्धनले राप्रपासँग तालमेल गर्ने भएको हो ।

१४ जिल्लाको रहेको प्रदेश १ मा झापामा राप्रपाको पकट राम्रो रहेको छ । गएको निर्वाचनमा पनि राप्रपाले झापामा तीन पालिका प्रमुख जितेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा समेत राप्रपा दोस्रो बनेको थियो ।

गठबन्धन गर्दा अनिवार्य र आवश्यकताका आधारमा तालमेल गर्ने सहमति भएकाले प्रदेश १ मा सत्ता गठबन्धनसँग तालमेल गरेर जाने सहमति भएको अध्यक्ष राम थापाले जनाएका छन् ।

प्राप्त जानकारी अनुसार झापाको दमक नगरपालिका राप्रपालाई दिएर अन्य पालिकामा राप्रपाले गठबन्धनलाई सघाउने सहमति भएको बुझिएको छ । झापामा एमालेलाई हराउन सत्ता गठवन्धन र राप्रपाले चुनावी तालमेल गर्ने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...