माधव नेपालको घोषणा : सामाजिक सुरक्षा भत्ता पाँच हजार……

कपिलवस्तु – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजिक सुरक्षा भत्ता रु पाँच हजार पुर्याइने बताएका छन् ।

कपिवलस्तुको शिवराज नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन तीनवटै तहको चुनावसम्म कायम रहने बताए।

आगामी स्थानीय तहको निर्वाचनमा एकिकृत समाजवादी पहिलो पार्टी बन्ने उहाँले ठोकुवा गरे। कार्यक्रममा सो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले समेत आफ्नो धारणा राखेका थिए ।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले कम्युनिस्ट पार्टी नभइ केपी शर्मा ओलीलाई ‘बा’ भन्नेहरुको मात्रै पार्टी भएको टिप्पणी गरेका छन्। 

कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित पार्टीको भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 

‘केपी ओली सुध्रिन्छन् कि भनेर ठानेका थियौं। सुध्रिने संकेत नदेखेपछि हामीले विद्रोह गर्नुपरेको हो,’ उनले भने,‘अहिले त त्यो कम्युनिस्ट पार्टी होइन अब ‘बा’को पार्टी भयो। दुई चार जना छन्, तिनीहरुको आँखा कहिले खुल्ने हो। ढिलो नै आए पनि स्वागत गरिएला, तर ओलीकै पछि लाग्छन् भने केही गरिने वाला छैन।’

आफूहरु परिवर्तनको मुख्य मोडमा उभिएको भन्दै अब आफूहरुको पार्टी नै बलियो कम्युनिस्ट पार्टी बन्ने नेपालको दाबी छ। ‘हेर्दै जानुहोला केपी ओलीको के हालत हुन्छ, बरबराउन थालेका छन्। गालीगलौज गर्न थालेका छन्। कु बाटोमा हिँड्न थालेका छन्। तिनका पछि लाग्ने कार्यकर्ताको भविष्य पनि हुँदैन,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...