वडाध्यक्ष र पालिकाको अध्यक्ष बन्न चाहनेहरुलाई आयो यस्तो दुखको खबर !

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको ठेक्कापट्टा र अरु कारोवारमा संलग्न रहेको व्यक्तिलाई उमेद्‍वार हुन रोक लगाउने निर्णय गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले बुधबार एक विज्ञप्ति निकाल्दै स्थानीय तहमा उम्मेदवार हुनेहरुले पूरा गर्नुपर्ने १९ शर्त सार्वजनिक गरेका हुन्।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्बन्धित स्थानीय तहको ठेक्कापट्टा र कारोवारमा संलग्न व्यक्तिले उमेद्‍वार दिनुहुँदैन भन्ने मान्यताका साथ यस्तो व्यवस्था ल्याइएको बताए ।

उनले भने, ‘ठेक्कापट्टा र चलअचल सम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्ने भन्नुको अर्थ स्वार्थ जोडिएका व्यक्तिहरु निर्वाचनमा प्रतिस्पर्धा गरेर निर्वाचित बन्नुहुँदैन, त्यसले स्वार्थको द्वन्द्व हुन्छ भन्ने हाम्रो दृष्टिकोण हो ।’

अब उम्मेदवार हुन नेपाल सरकार, प्रदेश सरकार या स्थानीय तह तथा नेपाल सरकार प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक या सुविधा पाउने गरी बहाल नरहेको हुनुपर्नेछ।

त्यसैगरी सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको पनि हुनुपर्ने शर्त आयोगले अघि सारेको छ।

उम्मेदवारले मनोनयनका क्रममा आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्नुपर्नेछ। त्यसैगरी स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको विवरण पनि मनोनयनका क्रममा बुझाउनुपर्ने आयोगले जनाएको छ।

हेर्नुहोस् उम्मेदवारी दिनुअघि स्वघोषणा गर्नुपर्ने १९ बुँदा

क) नेपालको संविधान प्रति पूर्ण निष्ठावान भएको।

ख) २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको।

ग) गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको।

घ) स्थानीय तह निर्वाचनसम्बन्धी कुनै कानूनमा अयोग्य नभएको।

ङ) नेपाल सरकार, प्रदेश सरकार या स्थानीय तह तथा नेपाल सरकार प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक या सुविधा पाउने गरी बहाल नरहेको।

च) सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको।

छ) स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड ङ च छ ज झ ञ र ट बमोजिमको अयोग्यता नभएको।

ज) स्थानीय तह निर्वाचन ऐन, २०, स्थानीय तह निर्वाचन नियमावली, २०७४ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २० बमोजिम मनोनयन पत्र साथ उम्मेदवारले पेश गर्नुपर्ने सबै कागजात पेश गरेको।

झ) प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम कायम नरहेको।

ञ) मनोनयन पत्रसाथ पेश गरेको सम्पत्ति विवरण ठीक साँचो रहेको।

ट) स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको।

ठ) स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको।

ड) सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको।

ढ) संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमति पत्र डिभी पिआर) नलिएको।

ण) न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बझाउन बाँकी नरहेको ।

त) निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिवद्ध रहेको

थ) निर्वाचन आयोगले तोकिदिएको निर्वाचन सयको सीमाभित्र रही खर्च गर्न र खर्चसम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको।

द) २१ वर्ष उमेर पूरा भएकोले स्थानीय निर्वाचनमा उम्मेदवार हुन योग्य नेपाली नागरिक भएको।

ध) नेपालको संविधान, कानुन र निर्वाचन ऐन नियमभित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको ।

उपरोक्त बमोजिमको घोषणा पत्रमा उम्मेदवारले सम्पूर्ण विवरण ठीक साँचो रहेको र झुठा ठहरे कानून बमोजिम सहन बुझाउन प्रतिबद्ध रहेको घोषणा गर्नुपर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...