काठमाडौं –
नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर उठ्ने तयारी गरेका छन्। नेपाल प्रहरीका पूर्वडिआइजी रहेका खरेलले यसबारे पार्टीभित्र आन्तरिक छलफल समेत गरिरहेका छन्।
वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा काठमाडौंको मेयर उठ्नेबारेमा खरेल सकारात्मक रहेको बताइएको छ।
उनले भने ‘काठमाडौंको मेयरमा उठेँ भने काठमाडौंवासीको साथ पनि पाउँछु भन्ने लागेको छ’ उनले भने, ‘तर यसबारे निर्णय गरिसकेको छैन ।’ ‘साथीभाइसँग पार्टीभित्र पहिले छलफल गर्छु, अहिले निर्णय भएको केही पनि छैन,’ उनले भने, ‘नकार्न चाहिँ सकिँदैन।’
प्रहरीबाट अवकाश पाएपछि खरेल भ्रष्टाचारविरोधी अभियान चलाइरहेका छन् । प्रहरीमा छँदा पनि उनी आ’क्रा’मक शैली र खरो अभिव्यक्तिका कारण पटकपटक चर्चामा आउने गरेका थिए ।
खरेलले २०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए। सरकारले अर्का डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि राजीनामा दिएर खरेल नेपाल सुशासन अभियानमा क्रियाशील थिए।