मन्त्रि आलेले आफुले गरेको सबै कामको सुचि नै तयार गरेर भनेपछि……

काठमाडौं –

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल एयर लाइन्सका जहाजलाई अधिकतम समय उडाउने काम गरेको दाबी गरेका छन् ।

पहिले ४ देखि ५ घण्टा उडान गर्ने निगमको जहाजले अब १० देखि १३ घण्टासम्म उडान गर्न लागेको उनले बताए । बुधबार नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टूर एजेन्ट्स (नाट्टा)ले

काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले खतरायुक्त सामग्री ल्याउने सर्टिफिकेट पनि नेपाल एयरलाइन्सले प्राप्त गरेको बताए । उनले भने, ‘जहाजहरु अहिले ग्राउन्डेड होइन, अधिकतम समय आकासमा उडाउने काम भएको छ ।’

उनले नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गर्न लागिएको भन्दै अन्य गन्तव्य समेत उडान विस्तार हुने क्रममा रहेको बताए ।

थाइल्याण्डको बैंककमा हप्तामा दुई र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी तयारी गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...