काठमाण्डौं –
सन् २००५ तिर आफ्नै घर गोदावरी ललितपुरमा वुबाले सुरु गरेको विउ पसलबाट कृषि क्षेत्रमा पाइला राखेका ३१ वर्षे सक्कल थापा आज नेपालको ७७ जिल्लामा सेवा दिइरहेका छन् ।
अहिले थापाको नेपाल भरि १५० भन्दा बढि डिलर तथा सव डिलर र १०० भन्दा माथि कर्मचारी छन् । सक्कल एग्रो एण्ड सिड्स ट्रेडर्स, सक्कल सिड्स,
नक्खु सिड्स तथा सक्कल एग्रो मार्टका सञ्चालक थापा भन्छन कृषिमा आम्दानी छैन भन्नेले हामीलाई सम्पर्क गर्नुहोस् हामी तपाईलाई
महिनाको २० हजार देखि १ लाखसम्म कमाइ गर्नसक्ने बनाईदिन्छौ । एक देखि ३ महिना हामीसंग काम गर्ने हो भने आफै व्यवसाय गर्नसक्ने बनाइदिन्छौ ।
ललितपुर गोदावरी निवासी सक्कल थापा प्लस टू पछि बिज्नेस म्यनेज्मेन्ट पढ्नका लगि नर्थ वेस्ट कलेज लण्डन पुगे । पढाई सकेर अरुको काम गर्नु भन्दा
आफ्नै देशमा सानो व्यवसाय गर्छु भन्ने सोचले सन् २०१४ मा नेपाल फर्किए । फर्किएपछि आफन्त साथिभाईले किन कार्ड लिइर नबसेको पनि भने, उता जस्तो यहाँ कमाउन सकिदैन पनि भने ।
१, २ वर्ष त त्यसतै नै भयो, निकै संघर्ष गर्नु पर्यो । घनघोर वर्षा पछि खुलेको आकाश जस्तै अहिले सक्कल एग्रो कृषि क्षेत्रमा खुलिसकेको छ ।
थापा भन्छन, मेरो नामबाट भन्दा पनि सक्कल एग्रोको नामले देशको कुना काप्चामा चिनिएकोमा गर्व लाग्छ । हाम्रो उदेश्य कृषि दक्ष जनशक्तीका साथै यसै क्षेत्रमा उद्यमी बनाउने हो ।
लण्डनमा थापाले एक भारतिय रेस्टुरेन्टमा काम गर्थे । उक्त रेस्टुरेन्ट साझेदारहरु विच समस्या आइपर्यो र ३० हजार पाउण्ड लगभग ३५ लाख नेपाली रुपौयामा बिक्रि गरे ।
त्यसकुराले थापाको सोच बदलियो । त्यत्रो पैसा तिरेर हामी विदेश जान्छौं अनी सानोतिनो कामा अल्झिएर समय फाल्नु भन्दा त नेपालमा नै केहि सानो व्यावसाय गर्नु पो ठिक रहेछ
भन्ने लाग्यो र फर्किएर आफ्नो व्यावसाय नै गर्छु भन्ने सोच आयो । आफन्त डा। केदार बुडाथोकीले यस क्षेत्रमा गर्नु भएको योगदानले र
त्यो सानो वुवाको पसलले नै कृषि क्षेत्रमा थापालाई व्यवसायी बनाउन प्रेरित गर्यो । सन् २०१५ मा ३ लाख पुँजीबाट सुरु गरेको व्यवसाय आज ३० करोडको कारोबार गर्ने भएको छ ।