“माओवादी र एसले एक सीट जिते सबै सम्पत्ति दान गरेर वृन्दावन जान्छु”- दुर्गा प्रसाईं

काठमाडौं –

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका व्यवसायी दुर्गा प्रसाईंले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र

नेकपा एकीकृत समाजवादीले एउटै मात्र सीट जिते आफू सम्पूर्ण सम्पत्ति दान गरेर वृन्दावन जाने सार्वजनिक घोषणा गरेका छन् ।

उनले माओवादी र नेकपा एस नक्कली कम्युनिस्ट भएको टिप्पणी गरे । 

बुधवार भक्तपुरको सूर्यविनायकमा आफ्नै लगानीमा खुलेको तरकारी बजार उद्घाटनका क्रममा प्रसाईंले आगामी चुनावमा ती दुई कम्युनिस्ट पार्टीले एक सीट जिते आफ्नो सबै सम्पत्ति दान गरेर वृन्दावन जाने बताएका हुन् ।

‘चुनौती दिएर भन्छु, माओवादी र एसले कुनै निर्वाचन क्षेत्रबाट एक सीट जितेमा उनीहरूले इच्छाएको व्यक्तिको नाममा सम्पत्ति दिएर वृन्दावन जानेछु,’ प्रसाईंले भने । 

उनले नेकपाको सरकार ढालेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल अनैतिक साँठगाँठमा लागेको आरोप लगाए ।

‘गठबन्धनको भीख माग्दै कांग्रेसको पुच्छर समात्दै राजनीतिको वैतरणी तर्न खोज्ने प्रचण्ड र माधव नेपाल चुनावपछि कहाँ हुनेछन्, केपी ओलीले बनाएको धरहराको बादर्लीबाट हेर्नु पर्नेछ,’ प्रसाईंले भने । 

माओवादी र एसले निर्वाचन क्षेत्रबाट जितेमा जिनको नाममा इच्छ्याएको व्यक्तिलाई दिएर वृन्दावन जानेछु । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...