काठमाडौं – एमसिसी पास भएको महिना दिन नबित्दै चीनले नेपालमा गर्दैछ यी ९ चमत्कार, अमेरिका नै तर्सियो
नेपाल र सरकारबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका
परराष्ट्रमन्त्री डा. नारायण खड्काको उपस्थितिमा शनिबार परराष्ट्र मन्त्रालयमा ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । अन्तरदेशीय रेलवे निर्माणको संभाव्यता अध्ययन,
अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययनलगायत विभिन्न ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको बताइएको छ ।आइतबार साँझ स्वदेश फर्किन लागेका चिनियाँ विदेशमन्त्री यीको राजनीतिक भेटवार्ता जारी रहेको छ ।
दुवै देशका परराष्ट्रमन्त्रीबीचको भेटवार्तापछि द्विपक्षीय प्रतिनिधि मण्डलस्तरीय वार्ता शुरु भएको छ । परराष्ट्रमन्त्री खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र,
अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति,
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।