दाङ –
दाङमा सासुको ह’त्या अभि’योगमा बुहारी पक्रा’उ परेकी छन्। शान्तिनगर गाउँपालिका वडा नं. ७ राउतराकी ६५ वर्षीया सासु कमिनी कुँवरको ह’त्या अभियोगमा बुहारी २३ वर्षीया कुमारी कुँवर प’क्राउ परेकी हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार सासु कमिनी चैत ८ गते दिउँसो साढे १२ बजे शान्तिनगर-६ कोर्बाङस्थित गनारीमा रहेको आफ्नै बारीमा केराउ टिप्न भनेर गएकी थिइन्।
कमिनी केराउ लिएर राउतरास्थित घर फर्किने क्रममा वडा नं. ६ कोर्बाङस्थित जंगलमा बुहारी कुमारीले धारि’लो हति’यार छु’री प्रहार गरी ह’त्या गरेको खुल्न आएको डिएसपी अर्यालले बताए।
सासु कमिनीको श’व दुबै आँखा फोडिएको, टाउको पछाडिको भाग, घाँटीको भाग, कानसमेत काटिएको र छातीमा छु’रा प्र’हार गरेको अवस्थामा श’व फेला परेको थियो। स्थानीयले कमिनीको श’व जंगलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि घटना अनुसन्धानका लागि अर्यालको नेतृत्वमा इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक नवीन चुँदालीसहितको टोली अनुसन्धानका लागि खटिएको थियो।
प्रारम्भिक अनुसन्धानबाट बुहारी कुमारीको संलग्नता देखिएपछि प्रहरीले उनलाई बुधबार नियन्त्रणमा लिएको थियो। बुहारी कुमारीले सासुलाई धा’रिलो ह’तियार च’क्कु र हँ’सिया प्रहार गरी हत्या गरेको स्वीकार गरेको अर्यालले बताए।
पक्रा’उ परेकी बुहारी कुमारीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न बिहीबार दाङ जिल्ला अदालतले अनुमति दिएको डिएसपी अर्यालले जानकारी दिए।
सासु कमिनीले बुहारी मन नपरेको भनेर छोरालाई अर्को बिहे गर्न भन्ने गरेकाले बुहारी कुमारीले सासुलाई केराउ टिपेर फर्किँदै गर्दा ह’त्या गरेको खुल्न आएको डिएसपी अर्यालले जानकारी दिए।