माओवादीले मलाई गोली हानेकै हो, तर चुनावमा गठबन्धन नगरी जितिँदैन : देउवा

काठमाडौं – 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालासहितका नेताहरुले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विरोध गरेपछि सभापति शेरबहादुर देउवाले त्यसको जवाफ फर्काएका छन् ।

सभापति देउवाले २०७४ सालको निर्वाचनमा बल्लतल्लले चुनाव जितेको सम्झिँदै आगामी निर्वाचमा गठबन्धन नगरी नहुने भन्दै गठबन्धनमा शंका नगर्न बताए ।

सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सबैले जित्ने र पार्टीलाई पनि फाइदा हुने बताए । उनले भने, ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार । गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ? गठबन्धन गरियो भने अहिले सबै सिट जित्छौँ ।’

सभपाति देउवाले विगतमा माओवादीले आफूलाई समेत गोली हानेको तर, अहिले त्यो रिस फेर्न नहुने र अवस्थाअनुसार चल्नुपर्ने बताए । साथै, आफूमाथि पनि त्यस्तो कुनै शंका नगर्न सभापति देउवाको भनाइ छ ।

उनले भने, ‘मलाई पनि माओवादीले पहिले गोली हानेकै हुन् । तर, अब पुराना कुरा सम्झिएर केही हुँदैन । त्यसकारण गठबन्धन गरेर जाऔँ । मेरो आइडियोलोजीमा शंका नगर्नुहोस्, म धेरै लडेको मान्छे हुँ ।’

यसअघि केन्द्रीय सदस्य कोइरालाले गठबन्धनको औचित्यबारे प्रश्न उठाएका थिए । उनले अरु दलसँग गठबन्धन गर्नुभन्दा पार्टीलाई नै दह्रो बनाउनुपर्ने बताएका थिए ।

‘गठबन्धन कोसँग, किन, केका लागि गर्ने हो ? किन आवश्यक हो ?पार्टीसँग गठबन्धन गर्नुभन्दा आफ्नै पार्टीभित्रको एकतामा किन जोड नदिने ? त्यसैले त्यसतर्फ ध्यान दिऔँ,’ उनले भनेका थिए ।

केन्द्रले अरु दलसँग गठबन्धन गर्नुपर्छ भनेर आदेश दिने तर, तलका कार्यकर्ताले एकता गर्न नमाने के हुन्छ भन्दै प्रश्न पन गरेका थिए । यसतर्फ ध्यान खिचेर पार्टीलाई नै मजबुत बनाएर लैजानुपर्ने कोइरालाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...