विष्णु र बर्षमान किन गए चीनतिर ? खुल्यो भित्रि रहस्य

काठमाडौं – चीनमा कम्युनिस्ट नेताहरुको दौडधूप चलेको छ । नेपालको राजनीतिमा प्रभाव राख्ने चीनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुको दौडधूप चलेको हो ।

एमाले उपाध्यक्ष विष्णु पौडेल प्रतिनिधिमण्डलसहित चीन पुगेका छन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा पुगेका हुन् ।

आजै नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन चीन पुगेका छन् । वर्षमान स्वास्थ्योपचारका लागि चीन गएको छ ।

रोचक यो छ कि विष्णु पौडेल र वर्षमान पुन दुवैजना कम्युनिस्ट एकता वा गठबन्धनको पक्षमा छन् । वर्षमानले सार्वजनिक रुपमै एमालेसँग गठबन्धन हुनसक्ने बताइसकेका छन् ।

विष्णु पौडेल विगतमा नेकपा एमाले र माओवादी मिलाउन मुख्य भूमिमा खेल्नेमा थिए । जसका कारण नेकपा बन्दा उनलाई महासचिवको जिम्मेवारी दिइएको थियो ।

कम्युनिस्ट एकताको पक्षमा रहेका विष्णु पौडेल र वर्षमान एकसाथ बेइजिङ रहने वातावरण विकास हुनुलाई अर्थपूर्ण मानिएको छ । यसै पनि चीन कम्युनिस्ट मिलाउन लागेको छ । उसले विगतमा कम्युनिस्ट पार्टी विभाजन रोक्ने प्रयास गरेको थियो । अहिले मिलाउन लागिरहेको छ ।

वाम गठबन्धनको चर्चाबीच एमाले र माओवादी केन्द्रका सात नेता चीनमा

वाम गठबन्धनको चर्चारपरिचर्चा चलिरहेका बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको उत्तरी छिमेकी चीनतर्फको दौडधूप बढेको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको पाँच दिनपछि माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङको टोली शुक्रबार चीनतर्फ प्रस्थान गरेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेता गुरुङ चीन गएको उनकी धर्मपत्नी तथा सांसद यशोदा सुवेदी गुरुङले जानकारी दिइन् ।

‘एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ चीन जानु भएको हो, सोमबार फर्कने भन्नुभएको छ,’ उनले भनिन् । आफू पोखरामा रहेकाले अन्तर्राष्ट्रिय सम्मेलनबारे थप जानकारी नभएको सुवेदीले बताइन् ।

शुक्रबार बिहान ९ बजे माओवादी नेताहरू वर्षमान पुन, ओनसरी घर्तीमगर तथा देवप्रसाद गुरुङ पनि चीन प्रस्थान गरेका छन् ।

‘जन्डिसको बिरामी उपचारको फलोअपका लागि उहाँहरू जानुभएको हो, सम्भवतः आइतबार÷सोमबार फर्कनु हुन्छ,’ पुनका स्वकिय सचिव सन्तोष पुनले न्युज कारखानासँग भने ।

एमाले उपाध्यक्ष पौडेल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र प्रदेश सांसद मीना रखाल चीनमा छन् ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिकको अपरेसन एन्ड कल्चरल एक्सचेन्ज’ मा भाग लिन एमाले टोली चीन पुगेको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग गठबन्धन गरेर स्थानीय तहको चुनावमा जान सक्ने संकेत गरेको तथा एमाले केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न विकल्प खुल्ला राखेको सन्दर्भमा एमाले र माओवादी केन्द्रका नेताहरू एकैपटक चीन जाने घटनलाई राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...