एजेन्सि –
अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई गर्यो अहिलेसम्मकै ठूलो सहयोग , रुसि सेना र पुटिन तनावमा
युक्रेनमा रुसले अतिक्रमण गरेको ठीक एक महिना पछाडि डाकिएको नेटो, ईयू र जी सेभेन सम्मेलनको एक अभूतपूर्व दिनमा पश्चिमा देशहरूले रुसी राष्ट्रपति पुटिन
वि’रु’द्ध ऐक्यबद्धता प्रदर्शन गरेका छन्। पुटिनले विनाकारण आक्रमण गरेको भन्दै उनीहरूले युक्रेनलाई थप सैन्य सामग्री उपलब्ध गराउने सहमति गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले रुसले विनाकारण गरेको अनुचित यु’द्धका सामु उनीहरू एकताबद्ध भएको बताए ।
ब्रसल्समा ती सम्मेलनहरूमा ३० जनाभन्दा बढी विश्व नेताहरू सहभागी भएका थिए। उनीहरूले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने र पूर्वी
युरोपका चार नेटो सदस्य देशमा थप फौज परिचालन गर्न सहमति जनाए।साथै युक्रेनलाई थप अस्त्र उपलब्ध गराउन पनि उनीहरू सहमत भए।
राष्ट्रपति बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्रु’रको संज्ञा दिँदै मस्कोले अतिक्रमणबाट चाहेको भन्दा विपरीत अवस्था पाइरहेको बताए।
रुसवि’रु’द्ध आर्थिक प्रतिबन्धमा समन्वय गर्नुका साथै अमेरिका र ईयूले ऊर्जा आपूर्तिमा सहयोग वृद्धि गर्ने अनि विश्वव्यापी खाद्य सुरक्षा सुधार्न योजना बनाउने सहमति गरेका छन्।।