ठमेलको दोहोरी साँझमा महिलालाई यस्तो गरेपछि युवा संघका केन्द्रीय सदस्य पक्राउ

काठमाडौं –

दोहोरी साँझमा महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेले उनलाई पक्राउ गरेर हिरासतमा राखेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार बमले शुक्रबार बिहान राति २ बजे इन्द्रेणी दोहोरी साँझमा महिलालाई दुर्व्यवहार गरेका थिए । ‘अहिले अभद्र व्यवहारको कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ’ मैनालीले भने ।

बूढानीलकण्ठमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार उदयपुर घर भइ चुनिखेलमा बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापाले श्रीमती २४ वर्षीय लक्ष्मी तामाङ (थापा) को हत्या गरेका हुन् ।

मैनालीका अनुसार उनलाई दाउले प्रहार गरेर हत्या गरेको पाइएको मैनालीले बताए । ‘गएराति पौने १२ बजे सामान्य घरायसी विवादमा घटना भएको रहेछ,

गम्भीर घाइतेलाई तकाल उद्दार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको थियो’ उनले भने, ‘तर चिकित्सकहरुले उनलाई मृत घोषित गरे ।’

घटनालगत्तै फरार रहेका भक्तलाई पक्राउ गरेर महानगरीय प्रहरी प्रभाग, बूढानिलकण्ठमा राखिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...