यस्तो गम्भिर अवस्था आएपछि पो ओलिले संसद भंग गरेका रहेछन्

काठमाण्डौँ –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्नु आफ्नो बाध्यता भएको बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले प्रचण्ड र माधव नेपालले पार्टी कब्जा गर्न खोजेपछि आफूले संसद विघटन गरेको बताए ।

प्रचण्डले पार्टी कब्जा गर्न खोजेकाले पुष ५ मा मैले संसद भंग गरे, अब प्रचण्डका सबै मान्छे एमालेमा ल्याएर उनको भाँडो रित्तो बनाएरै छाड्ने पनि जिकिर गरे ।

रित्तो भाँडो सहित पछि प्रचण्ड एमालेमा आँउछन् र हामीले स्वागत गर्नु पर्छ, ओलीले भने ।

एमाले भित्रै संसद विघटन गलत थियो भन्ने घनश्याम भुषाल सहितका नेताहरुको तर्कको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन् ।

उनले पुष ५ र त्यसपछि जेठ ८ गते गरी दुई पटक संसद भंग गरेका थिए । पछि सर्वोच्चले संसद पुनस्थापित गरेको थियो ।
उनले स्थनीय तहको निर्वाचनमा बहुमत ल्याउने गरी परिचालित हुन पनि निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...