झलनाथ खनालले यत्ति भनिदिएपछि ह्वात्तै बढ्ने भयो एमालेको भोट

काठमाडौं – 

नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आउँदो चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले बोरामा पैसा बोकेर चुनावमा जाने दाबी

गरेका छन्। उनीहरुको चरित्रै त्यस्तै भएको र यसअघि जितेका क्षेत्रमा पनि पैसाकै धाकमा जितेको उनको दाबी थियो।

‘कांग्रेसले चुनावमा बोरामा पैसा बोकेर जान्छ। उसको चरित्र त्यस्तै हो। हामी सबै जितेर आएका छौं भनिराछन् नि, त्यो सबै धाक पैसाको हो,’ नेकपा एसको इलाम-काठमाडौं जनसम्पर्कको राजधानीमा आयोजित कार्यक्रममा उनले भने। 

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु नेताहरु पनि बोरामै पैसा बोकेर निर्वाचन जाने बताए। ‘आउँदो चुनावमा अरु पनि बोरामा पैसा बोकेर जान्छन्, केपी ओली पनि पैसा बोकेर निर्वाचनमा जान्छन्,’ उनले भने।

उनले इलामबाट आफूलाई हराउन कांग्रेस र एमालेको बैठक नै बसेको दाबी गरे। ‘एकदिन कांग्रेस नेताहरुको बैठक बस्यो। बैठकमा कसलाई

हराउने भन्दा एक नम्बरमा झलनाथ खनाललाई हराउने। अर्को एकदिन एमालेको पनि बैठक बस्यो। त्यहाँ पनि इलाम क्षेत्र १ बाट मलाई हराउने सल्लाह भयो,’ उनले भने।

उनले चुनावी तालमेल नेतृत्वको चाहनाअनुसार हुने बताए। ‘कतिपय साथीहरुले एकताबद्ध भएरै चुनावसम्म जाने भन्नुभएको छ। तर नेतृत्वले जे भन्छ त्यही हुने हो। सम्भव भएको ठाउँमा एक्लै जाने हो,’ उनले भने। 

गठबन्धन बनाउँदा धेरै सिट जित्नेगरी बनाउनु्पर्ने उनको धारणा थियो। ‘कतिपय ठाउँमा एकता गरेर बढी सिट जित्नेगरी अघि बढ्नुपर्छ। सिट जित्ने कुरालाई महत्वका साथ लैजानुपर्छ,’ उनले भने। 

यो पनि : जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नै बलबुतामा चुनाव ल’ड्ने र जित्ने तयारी गर्नुपर्ने बताएका छन्। 

काठमाडौंमा जारी प्रथम संघीय परिषद् बैठकमा समसामयीक राजनीति र जसपाको कार्यदिशा समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले गठबन्धनको भर परेरमात्रै बस्न नहुने उल्लेख गरेका छ्न। 

भट्टराईले भनेका छन्, ‘हाम्रो पार्टीको चाहना र प्रयासले मात्रै पाँच दलीय गठबन्धनलाई चुनावसम्म संगै लान सम्भव हुँदैन।

यसका अरु दलको पनि इच्छा, आवश्यकता र तत्परता हुनु पर्दछ। त्यसैले पार्टीले आफ्नै बलबुतामा चुनाव ल’ड्ने र जित्ने तयारी गर्नुपर्दछ।’

कुनै अमुक पार्टीको मात्र प्रयासले चुनाबी गठबन्धन नहुने भन्दै बाबुरामले गठबन्धन सरकार चलाउनु र चुनावी गठबन्धन गर्नु भिन्ना भिन्नै राजनीतिक घटना भएको धारणा राखेका छन्।

उनले भनेका छन्, ‘स्थानीय विशेषता र सम्भावना अनुसार अरु कुनै पक्षसंग चुनावी तालमेल गर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई नै दिनुपर्दछ ।

संघीय तथा प्रादेशिक निर्वाचनको रणनीति के कस्तो बनाउने त्यसका लागि अहिले पनि हामीसँग केही समय छ । तर, स्थानीय निर्वाचनको

रणनीति भने अबिलम्ब बनाउनु पर्दछ । यस प्रयोजनका लागि बैठकमा एक भिन्नै ’स्थानीय निर्वाचन निर्देशिका’ प्रस्तुत गरिएको हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...