छोरी रेनुलाई फेरि मेयर बनाउन प्रचण्डले देउवासँग गरे यस्तो गोप्य सहमति, सबै चकित !

काठमाडौं –

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुले सक्रियता बढाएका छन् । स्थानीय तहमा उनीहरुको चहलपहल बढेको छ ।

चुनावका लागि निर्वाचन आयोगले आवश्यक तयारीसमेत गरिसकेको अवस्थामा राजनीतिक दलहरु पनि स्थानीय तह केन्द्रीत राजनीतिमा व्यस्त छन् ।

हिले स्थानीय तहको निर्वाचन नजिकिएसँगै महानगरपालिकामा कस्तो अनुहार अउँछन् त ? भन्ने आम जनताको चासोको विषयसमेत बनिरहेको छ ।

आउँदो बैशाखमा हुने स्थानीय तहको चुनावमा सत्ता गठबन्धनले तालमेल गर्ने भएको छ । गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच भएको छलफलमा

महानगरपालिकामा नै गठबन्धन गर्ने सहमति बनेको उच्च स्रोतको दाबी छ । उक्त भद्र सहमतिअनुसार काठमाडौं, ललितपुर र विराटन महानगरपालिकाको नेतृत्व कांग्रेसले लिने भएको छ ।

भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र) लिने लिने मोटामोटी सहमति बनेको छ । चितवन मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला हो ।

अहिले भरतपुरमा प्रचण्डकी छोरी रेनु दाहाल मेयर छिन् । पोखरा महानगरपालिका माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी)

लिने र वीरगञ्ज महानगरपालिका भने उपेन्द्र यादव नेतृत्वको जसपाले लिने सहमति बनेको छ। अहिले सबैको ध्यान भरतपुर महानगरपालिकामा छ ।

यो महानगरपालिकामा सबैको ध्यान हुनुको कारण अहिले एमालेले पनि यसलाई प्रतिष्ठाको विषय बनाउनु हो । प्रचण्डले भने भरतपुर महानगरपालिकामा

रेनुलाई नै निरन्तरता दिन चाहेका छन् । रेनुले धेरै राम्रो काम गरेको भन्दै पार्टी पँक्तिबाट पनि प्रशंसा भैरहेको छ । खासगरी रेनुले महानगरको

मुहार फेर्नेगरि काम गरेको भन्दै अन्य दलका नेताहरुले पनि प्रशंसा गरिरहेका छन् । प्रचण्डले गठबन्धनका नेताहरुसँग पनि रेनुलाई नै निरन्तार दिन

चाहेको बताईसकेका छन् । यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सकारात्मक जवाफ दिएको चर्चा छ ।

तर, पछिल्लो समय चितवन कांग्रेसले भने आफ्नो पार्टीका उम्मेद्धवारबाहेक अरुलाई बोकेर नहिँड्ने र सहयोग नगर्ने बताईसकेको छ ।

केन्द्रमा जे सहमति भएपनि पालना नगर्ने चितवन कांग्रेसका नेताहरुको भनाई रहँदै आएको छ ।

तर, अन्तिममा देउवाले भागबण्डा गरे र चुनावी तालमेल भयो भने पार्टीको निर्देशन पालना गर्नुको विकल्प कांग्रेस कार्यकर्ताहरुसँग नहुने पनि चर्चा छ ।

अन्नपुर्णटाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...