काठमाडौं –
युक्रे’नी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अब नेटोको सदस्यता नलिने बताएका छन् । रुसलाई शान्त पार्नका लागि उनले यो घोषणा गरेको समाचारहरुमा जनाइएको छ ।
उनी दुई फरक फरक रुसी समर्थक क्षेत्र (डोनेटस्क र लुहान्सक) को स्थितिबारे सम्झौत ागर्नका लागि समेत तयार भएका छन् ।
जसलाई त्यही मु’द्धा हो जसलाई रुस र यु’क्रेनकाबीच यु,द्धको कारक मानिएको थियो । रिपोर्टका अनुसार नेटो यु’क्रेनलाई स्वीकार गर्न तयार छैन ।
नेटोको सदस्यता नलिने ठोकुवा गर्दै जेलेन्स्कीले भनेका छन्, “म यस्तो देशको राष्ट्रपति बन्न चाहन्नँ, जो घुँडा टेकेर केही मागि रहेको होस ।”
नेटोलाई ख’त’रा मान्छ रुस
रुसले छिमेकी मुलुक यु’क्रेन नेटोमा समावेश होस् भन्ने चाहँदैन । रुस नेटोको विस्तारलाई एक खत’राकोे रुपमा हेर्छ । किनकी उ आफ्नो ढोकामा नयाँ पश्चिमी सहयोगीको सेना चाहँदैन ।
दुई क्षेत्रमा सम्झौताको संकेत
यु’क्रेनमा हम’ला गरेर विश्वलाई तरंगित बनाउन पुर्व पुटिनले पुर्वी यु’क्रेनमा रहेका डोनेटस्क र लुहान्स्कलाई स्वतन्त्र घोषित गरेका थिए ।
अब पुटिन चाहन्छन् कि यु’क्रेनले रुसलाई स्वतन्त्र देशको मान्यता दिनुपर्छ । यो सम्बन्धमा जेलेन्स्कीले आफु वार्ताका लागि तयार भएको बताएका छन् ।
रुसको हमलापछि लाखौ मानिस यु’क्रेनबाट भागेर आसपासको देशमा शरण लिइरहेका छन् । अझै पनि पोल्याण्ड, रोमानिया, स्लोभाकिया जस्ता देशमा लगातार यु’क्रेनी शरणार्थी पुग्ने क्रमजारी छ ।
यसैक्रममा एक शरणार्थी परिवारका ११ बर्षका एक बालक एक्लै १२०० किलोमिटरको यात्रा गरेर युक्रेनको जेपोरजियाबाट स्लोभाकिया पुगेको समाचार बाहिर आएको छ । ती बच्चाको नाम हो हसन ।
बीबीसी हिन्दीका अनुसार हसनकी आमा बुढी भइसकेकी हजुरआमालाई एक्लै छोडेर जान सक्ने अवस्थामा थिइनन् । उनले एक पासपोर्टमा,
२ साना ब्याग र नातेदारको फोन नम्बरका साथ ती बालकलाई सीमासम्म् जाने रेलमा चढाइदिइन् । त्यहाँबाट भन्सार अधिकारीले स्लोभाकियासम्म पुग्नका लागि ती बालकलाई सहयोग गरे ।
भन्सार अधिकारीले बच्चालाई बहादुर भन्दै उसको मुस्कानले मानिसको मन जितेको बताएका छन् । ती बालकसँग स्लोभाकियाको सीमामा पुग्दा एक प्लास्टिक ब्याग, सानो रातो ब्याग र आफ्नो पासपोर्ट साथमा थियो ।
त्यहाँ स्वयंसेवीले उनका लागि खानपिनको व्यवस्था गरिदिएका थिए । सीमा अधिकारीले स्लोभाकियाको राजधानी ब्रातिस्लाभामा उनका नातेदारसँग सम्पर्क गराइदिएका थिए ।
स्लोभाकियाका प्रहरीद्धारा पोस्ट गरेको एक भिडियो अनुसार बच्चाकी आमाले छोरालाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
ती महिलाले भिडियोमा रुसी हमलाबीच आफ्नो छोराले यति लामो यात्रा किन गर्नुपर्यो भनेर प्रस्ट पार्ने कोसिस गरेकी छन् । हसनकी आमा जुलिया पिसेकाले भिडियोमा भनेकी छन्
“मेरो शहरमा एउटा उर्जा प्लान्ट छ, जहाँ रुसीहरु गो’लाबा’री गरिरहेको छन् । म आफ्नी आमालाई छोडन सक्दिन र उनी अन्यत्र कही जाने अवस्थामा छैनन् । यसैले मैले आफ्नो छोरालाई स्लोभाकिया पठाएको हुँ ।”
जुलियाका पतिको पहिले नै मृ त्यु भइसकेको छ । जेपोरजिया परमा’णु उर्जा प्लान्ट युरोपमा सबैभन्दा ठुलो हो । यसलाई गत साता रुसी सेनाले आफ्नो क’ब्जामा लिइसकेको थियो ।
रुसले उर्जा प्लान्टमा हम’ला गरेपछि युक्रे’नी राष्ट्रपति भोलोदमीर जेनेन्स्कले रुसको गो’लाबा’रीका कारण त्यहाँ चेर्नोबिलभन्दा पनि ठुलो दु’र्घट’ना हुनसक्ने चेता’वनी दिएका थिए ।
रुसको आ’क्र’मण’पछि २० लाखभन्दा बढी यु’क्रे’नीले छिमेकी देशहरुमा शरण लिइसकेका छन् । त्यसमध्ये १२ लाखभन्दा बढी मानिस पोल्याण्ड पुगेका छन् भने १ लाख ४० हजार मानिस स्लोभाकियामा पुगेका छन् ।
जुलियाले उक्त भिडियोमार्फत आँखाबाट आँशु झार्दै यु’क्रेनका बालबालिकालाई सुरक्षित ठाउँमा राख्नका सम्बन्धित निकायहरुलाई आग्रह गरेकी छन् ।
बालक हसनले मानिसहरुको मन जितेको स्लोभाकिया स्थित गृहमन्त्रालयका एक अधिकारीले बताए । त्यहाँका गृहमन्त्रि रोमन मिकुलकले सोमबार हसनसँग भेटघाट गरेका थिए ।