काठमाडौ –
पल शाह प्रक’रण झनै जटी’ल बन्दै गएको छ । पी’डित भनिएको पक्ष जसरी भए पनि पल शाह लाई कानुनी दायरामा ल्याउन लागि परेको छ
भने पल आफै यो घटना बाट जतिसक्दो प्रभावमा होस् या दबा’बमा बाहिर निस्कन चाहन्छन् । दुबैको जोड तोड आफ्नो ठाउँमा छ
तर यसको अन्तिम फैसला सम्मानित अदालतले गर्नेछ । यसैक्रममा नाबा’लिगको परिवारले भने न्याय पाउने आशा ब्यक्त गरेको छ ।
नाबालिगकी आमाले पलले आफुलाई पटक पटक फोन र भेटेरै पनि ब ,ला,त्का रको उजु’री नदिन दबा’ब दिएको बताएकी छिन् ।
उनले भनिन्– उजु’री दिनुअघिसम्म पनि धेरै जनाले फोन गरेर प्रहरीमा जानबाट रोक्न खोजेका थिए हामीलाई । छोरीले फोन उठाएन भनेर मलाई फोन गर्थे, उ’जुरी दिन हुँदैन भन्थे,’ ।
उनले उ’जुरी दिनै मुस्किल रहेको बेला अब भने आफ्नी छोरीले न्याय पाउनेमा आशाबादी रहेको बताईन् । उनले न्याय नपाए सम्म ल’डिरहने पनि बताईन् ।
यसैबीच पी’डित भनिएको परिवारले पल शाहको पक्षमा लागेर आफूहरू विरू’द्ध जथाभाबी बोल्ने र लेख्नेलाई कारबा’ही गर्न माग गरेको छ ।
आफ्नी छोरी बिरु’द्ध उत्रिएका तथा छोरीलाई श्र द्धा ञ्ज ली दिने सबैलाई कारबा’ही हुनु पर्ने माग गरेकी छिन् । छोरीको तथा आफ्नो परिवारको चरित्र ह ,त्या गर्ने सबैलाई कारबा’हीको माग उनकी आमाले गरेकी छिन् ।
शाहमाथि अहिले तनहुँ र नवलपुर प्रहरीले अनुसन्धान गरिरहेको छ। बिहीबार कास्की प्रहरी कार्यालयमा भेटिएकी आमाले सामाजिक
सञ्जालमा गरिएका गा’ली देखेर आफूहरू आ त्तिएको बताइन्। उनले त्यसरी गा,ली गर्नेलाई कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गराएकी हुन् ।
यो पनि : उमेरले उनी नबालिग नै छिन् । १७ वर्षको अपरिपक्व उमेरमै उनले जीवनको निकै कठिन परीक्षा दिनुपरेको छ ।
जादुयी स्वरका कारण कलिलैमा उनले जुन ख्याति आर्जन गरिन्, त्यो आज दाउमा लागेको छ । लाखौं फलोअर्स भएका एक ‘स्टार’ को हातमा
ह’त्कडी लगाउने गरी उनले चालेको कदम कम्ता बहादुरीपूर्ण थिएन । यद्यपि, चु’नौतीहरू सकिएका छैनन् । बरु आगामी दिनमा अझै थपिँदै जालान् ।
पछिल्लो एक वर्षमा गायिकाले निकै प्रताडना भोगिन् । आफूले आइडल मानेको पात्रसँग एकोहोरो प्रेममा फस्दा उनको निजी जीवन बिथोलियो ।
उमेरजन्य अपरिपक्वताले गर्दा यो बीचमा धेरैबाट ‘म्यानुपुलेट’ पनि भइन् । कहिले लर्बरिँदै, फेरि सम्हालिँदै उनी यहाँसम्म आइपुगेकी हुन् ।
अब चाहिँ निर्णायक ल’डाइँमा छिन् । आफूलाई प्रेमजालमा फँसाएर स्वार्थसिद्धी भएपछि लत्याउने पुरुषका विरु’द्धको लडा’इँ उनलाई जसरी पनि जित्नु छ ।
‘रियल हिरो’ कहलिएिका स्टारविरु’द्ध कर णीको जाहेरी हालेयता उनले सामाजिक सञ्जालमा निकै तीखा प्रतिक्रियाहरू सामना गर्नुपर्यो ।
सुरू-सुरूमा त्यस्ता प्रतिक्रियाहरू पचाउन निकै गा’ह्रो भएको थियो उनलाई । कमेन्टमा कसैले ‘रिप’ लेखेको देखिन् भने धेरैबेरसम्म बिथोलिन्थिन् । बारम्बार रुन्थिन् ।
तर, बिस्तारै आफ्नो पक्षमा बढ्दो सहानुभूतिका कारण अहिले उनको मनोबल बढेको छ । हिजोआज उनले आफूलाई मानसिकरूपमा निकै बलियो बनाइसकेकी छन् ।
पहिले धेरैजसो गा ली मात्रै थिए । फेसबुक हेर्न पनि डर लाग्थ्यो । तर अहिले धेरैजनाले समर्थन गर्नुभएको देखेर मेरो हिम्मत बढेको छ । म यो ल’डाइँबाट व्याक हुन्न,’ गायिकालाई उद्धृत गर्दै निकट स्रोतले भन्यो ।
काठमाडौंबाट दुई वर्ष जेठी दिदी र भिनाजुसँग उनी जिप्रका तनहुँमा जाहेरी दिन पुगेकी थिइन् । कास्कीबाट उनका बुबाआमा पनि त्यहाँ आएपछि जाहेरी दर्ता गरिएको थियो ।
दर्तापछि उनी बुबाआमासँग कास्कीको लाहचोकमा रहेको आफ्नो घरमा गइन् । तर, त्यहाँ छरछिमेकीले धेरै नै खोजीनिन्दा गर्न थालेपछि उनी अहिले एक आफन्तको घरमा बसिरहेकी छन् । दिदी-भिनाजु पनि उनीसँगै छन् ।
प्रहरीमा जाहेरी दिएयता किशोरीले आफ्नो फेसबुक खोलेकी छैनन् । उनको मोबाइल छानविनका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमै छ ।
उनी दिदीको मोबाइलमा दिदीकै फेसबुक हेर्छिन् । टिकटक र युट्यूवमा आएका भिडिओहरू पनि हेर्छिन् । खासगरी टिकटकका भिडिओ र कमेन्टहरूले उनलाई अझै पनि आहत तुल्याइरहेका छन् ।
आफ्नो मोबाइल नभएकाले किशोरी बाहिरी मानिसहरूको सम्पर्कमा खासै छैनन् । नजिकका आफन्त र सीमित साथीभाइसँग मात्रै उनको कुरा भइरहेको छ ।
उनका दाइ वैदेशिक रोजगारीका लागि दुबईमा छन् । दिदी र भिनाजुले चाहिँ उनको साथ छोडेका छैनन् । परिवारको बलियो साथले गर्दा पनि उनको आत्मबल बढेको छ ।
पहिले-पहिले उनलाई राति निदाउनसमेत संघर्ष हुन्थ्यो । तर, अहिले त्यो समस्या छैन । जाहेरी दिएयता कलाकारिता क्षेत्रका धेरै मानिसहरूसँग उनको कुराकानी भएको छैन ।
केहीले उनलाई यो लडा’इँबाट नडग्मगाउन विभिन्न माध्यमबाट सन्देश पठाएका छन् । स्क्यान्डल बाहिर आएपछि आमरूपमा उनको विपक्षमा जनमत थियो ।
तर, अहिले माहोल बदलिएको छ । उनको पक्षमा पनि धेरै मानिसहरू खुल्न थालेका छन् । खासगरी कलाकारिता क्षेत्रमा महिला सेलिब्रिटीहरूले सामाजिक सञ्जालमार्फत जनाएको समर्थनले उनी हौसिएकी छन् ।
नाबालिग गायिकाका बुबाआमालाई पनि यो परिस्थितिको सामना गर्न सहज छैन । छरछिमेकी र आफन्तहरूले उनीहरूलाई प्रश्नमाथि प्रश्न तेर्स्याइरहेका हुन्छन् ।
युट्यूवमा आउने भिडिओहरू हेरेर यस्तो रहेछ नि ? भन्दै घोचपेच गर्नेहरू पनि थुप्रै छन् । यद्यपि, साथ दिने र हौसला बढाउनेको पनि कमी भने छैन ।




















