काठमाडौंको मेयर बन्ने हल्ला चलेपछि यस्तो भन्दै बोले राजेश हमाल, सबै चकित !

काठमाडौँ –

अभिनेता राजेश हमालले काठमाडौं सहरको अव्यवस्थाबारे व्यंग्य गर्न ‘काठमाडौंको मेयर बन्नुपर्छ कि क्या हो’ भनेको बताएका छन् ।

शुक्रबार आफ्नै एकल स्वर रहेको गाउँले ठिटो गीत सार्वजनिक कार्यक्रममा आफूले व्यग्ंयात्मक रुपमा मेयरको प्रसंग उठाएको बताएका हुन् । 

काठमाडौंको सौन्दर्यीकरणमा कसैले पनि ध्यान नदिएकाले पनि आफूले उक्त कुरा भनेको हमालले बताएका छन् । हमालले भने,

‘कुनै नराम्रो सहरमा पनि केही न केही सुन्दर पक्ष हुन्छ । तर, काठमाडौंमा केही पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थानसमेत छैन । यसतर्फ कसैको ध्यान छैन । केही न केही त हुनुपर्छ सहरमा भनेर मैले व्यंग्य गरेको हुँ ।’

बुधबार राजेश हमाल अफिसियल नामक युट्युब च्यानलमा पोस्ट गरिएको ‘अ डे विथ राजेश हमाल’ शीर्षको भ्लगको ट्रेलरमा हमालले नेताहरूले भाषण गरे पनि व्यवहारमा उतार्न नसकेको बताएका थिए ।

शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नायक हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गीतमा गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

गीतमा रोजगारीका लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा देखाइएको छ ।

भिडियोमा हमालका साथै उत्तम केसी, गोविन्द भट्ट, एस.के.दाहाललगायतको अभिनय रहेको छ । कार्यक्रममा बोल्दै महानायक हमालले आफू गायक नभई नायक नै भएको भएको र गायन केवल प्रयास मात्रै रहेको बताए ।

यो पनि : ओलीले अभिनेत्रि करिश्मा मानन्धरलाई पनि एमाले भित्रयाउने खोजिरहेको छन् । मानन्धरले ओलीले दुई पटक भेटिसकेकी छिन् ।

यसअघि गायिका कोमल वली एमालेमा प्रवेश गरेर राष्ट्रिय सभाको सदस्य बनेकी थिइन् । वली दाङबाट चुनाव ल’ड्ने तयारीमा छिन् ।

करिश्मा पनि आजभोली मै एमालेमा प्रवेश गर्ने तयारीमा अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्नेबारे छलफलमा जुटेकी छन् ।

नेपाली सिने क्षेत्रकी चर्चित मानन्धर एमाले अध्यक्ष केप ी ओलीलाई भेट्न बिहिबार बालकोट पुगिन् । लालितपुर क्षेत्र नं १ का सांसद नवराज सिलवाल र

दाङकी समानुपातिक सांसद गंगा चौधरीका साथमा मानन्धर एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् । गोदावरी ३ वडामा बसोबास

रहेकी मानन्धरलाई सांसद सिलवालले ओलीकहाँ पु¥याएका थिए । चिनजानको आधारमा चौधरी पनि साथमै गएकी थिइन् । बालकोटमा ओली र मानन्धर बिच केही समय कुराकानी भएको सांसद सिलवालले बताए ।

“मेरो वडाबासी हुनुहुन्छ, कलाकारिता क्षेत्रमा लामो योगदान भएको मान्छे हो, पार्टीमा आएर काम गर्ने इच्छा देखाउनु भएको छ,” सिलवालले भने ।

सिलवालका अनुसार अहिले पार्टिमा आवद्ध हुने बिषयमा मात्रै छलफल भएको हो । कहिले प्रवेश गर्ने भन्ने टुंगो लागेको छैन ।
“प्रवेशको टुंगो लागेपछि उहाँलाई कस्तो भुमिका दिने भन्ने टुंगो लाग्ला, अहिले छलफल मात्रै भएको छ,” सिलवालले भने ।

नायिका मानन्धरले पनि एमालेमा आवद्ध हुनेबारे छलफल भएको स्वीकार गरेकी छन् ।

“बाहिर जे कुरा आएको छ, त्यही हो कुरा,” उनले भनिन् । सुटिङमा रहेकाले यसबारे विस्तृतमा अहिले बताउन नमिलेको उनले प्रतिक्रिया दिइन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...