ह्वात्तै घट्यो सुनको मुल्य, प्रतितोला कतिमा हुदैछ किनबेच ? हेर्नुहोस

काठमाडौं –

साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार एकै दिन ३५ सयले घटेर एक लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज ४५ रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

मन्त्रालय अन्तर्गत गठित छनोट तथा सिफारिस समितिले चन्डिकाप्रसाद भट्ट, जीवन प्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरेको हो ।

रिक्त कार्यकारी पदका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७८ पुस २५ मा सूचना प्रकाशित गर्दै २१ दिनभित्र आवेदन दिन भनेको थियो ।

उक्त पदका लागि १७ जनाले आवेदन दिएका थिए । तीमध्ये सबैभन्दा बढी अंक ल्याउने तीन जनाको नाम सिफारिस गरिएको जनाएको छ ।

‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी निर्देशिका २०७८ बमोजिम निगमको कार्यकारी निर्देशक छनोटका

लागि सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेद्वारहरु सिफारिस गरिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ । तीनमध्ये मन्त्रिपरिषद् बैठकले एक जनालाई निगम कार्यकारीका लागि निर्णय गर्नेछ ।

सिफारिस गरिएका भट्ट यसअघि निगमका कार्यकारी निर्देशक भइसकेका छन् । भट्टकै पालामा निगमले स्वचालित मूल्य प्रणाली लागू भएको थियो ।

हाल उनी विशेष आर्थिक क्षेत्र (सेज)का कार्यकारी निर्देशक छन् । जीवन प्रकाश सिटौला उद्योग विभागका पूर्वमहानिर्देशक हुन् ।

थानी सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष हुन् । उनी नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समेत भइसकेका छन् ।

इन्जिरिङ परिषद्‌को रजिस्टार पनि बनेका थिए । नयाँ कार्यकारी निर्देशक नियूक्ती प्रक्रिया बढाएसँगै योग्यता नभएकालाई सर्टलिस्टमा पार्न चलखेल भएको थियो ।

कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितीले छनोट प्रक्रिया नथाल्दै बालुवाटारबाट समितिलाई दबाब दिइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिएका निवेदक थानीलाई कार्यकारी बनाउन दबाब दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...