एकीकृत समाजवादीको पालिका कमिटी नै एमालेमा प्रवेश !

काठमाडौं  

प्युठानको एकीकृत समाजवादीको सरुमारानी पालिका कमिटी एमालेमा समाहित भएको छ ।

नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईको नेतृत्वमा १५३ जना नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

यो संगै हलुवाईको नेतृत्वमा सिङ्गो पालिका कमिटी नै एमालेमा प्रबेश गरेको छ ।

हलुवाईसंगै पार्टीका जिल्ला सदस्य युवा बिद्यार्थीका नेताहरु एमालेमा प्रबेश गरेको स्थानीय पत्रकार सलिम अन्सारीले जानकारी दिनुभयो ।

उहाँहरूलाई एमाले पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य हरि रिजाल, प्रदेश सदस्य धनबहादुर रायमाझी, जिल्ला अध्यक्ष विराज विष्टले एमालेमा प्रवेश गराउनु भएको थियो ।

यो पनि : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमालेको जित सुनिश्चित भएको दावी गरेका छन् ।

पार्टी प्रवेश गर्ने माओवादीका मेयर , वडाध्यक्ष .लगायतलाई स्वागत गर्न मोरङको रङगेली पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

समृद्धिको यात्रामा कतै पनि नअल्मलिकन देशव्यापीरूपमा लाग्ने विश्वास दिएका पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले सही नीतिका कारण नेपालको भूमि फिर्ता ल्याएको दावी समेत गरेका छन् ।

एमाले सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिएर सामाजिक न्याय गरेको उनको तर्क रहेको छ ।

एमालेको सरकारले नै राष्ट्रिय गौरवको योजना ल्याएको जिकिर गरेका ओलीले जनताको भावना चाहना अनुसार एमालेले काम गरेको दावी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...