काठमाडौँ –
काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ६ डाँडापौवामा एकै परिवारका ५ सदस्यले वि ष सेवन गरेको घटनामा नयाँ तथ्य बाहिर आएको छ ।
पाँच जनामध्ये १ जनाको उपचारको क्रममा मृ त्यु भएको छ । ३३ वर्षीय सुवर्णमान प्रधानको गएराति नै मृ त्यु भएको जनाईएको छ ।
वि ष पिएको परिवारका ५ जनामध्ये ४ जनाको ग म्भी र अवस्थमा उपचार भइरहेको छ । भेन्टिलेटरमा उपचार गराइरहेको चार जना बोल्न सक्ने अवस्थामा छैनन् ।
६२ वर्षीया इन्दिरामाया प्रधानसहित वि ष पिएका ४ जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको हो ।
इन्दिरामाया प्रधानसहित ३८ वर्षका भिम प्रधान, ३५ वर्षीया मन्दिरा डंगोल र ११ वर्षीया सुप्रेणा प्रधानको अवस्था गम्भीर रहेको एसपी मैनालीले जानकारी दिए ।
डाडाँपौवास्थित डा. उद्धव पुरीको घरमा उनीहरु डेरामा बस्थे । डेरामा वि ष का बट्टाहरू र पानीको बोतलमा घोलेर बाँकी रहेको वि ष फेला परेको हो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनीहरुले वि ष पिउनुअघि लेखेको नोट भेटिएको छ । नोटमा उनीहरुले लेखेका छन्, ‘हामी संयुक्त रुपमा बिदा हुँदैछौँ ।’ सो परिवारले वि’षमा सिटामोल धुलो बनाएर जुसजस्तो घोल बनाएको भेटिएको छ ।
सहकारीले ४ लाखलाई १२ लाख बनाएपछि परिवारले नै पिए वि ष !
भीममानका दाजु कुमारमान प्रधानका अनुसार मन्दिरा न्युरोडस्थित ब्रिटिश गोरखा सहकारीमा काम गर्थिन् । पैसा उठाउने क्रममा ४ लाख रुपैयाँ हराएपछि उनलाई सहकारीले कामबाट निकालिदियो ।
त्यसपछि सहकारीले १२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा उ जु री गरेपछि सिंगो परिवार त ना व मा रहेको कुमारमानले बताए ।
‘फाइनान्स (सहकारी)ले १२ लाख रुपैयाँ तिर्न बाँकी भएको भनेर प्रहरीमा उजुरी दिएको रहेछ,’ कुमारमानले भने, ‘बुहारीले भने आफूले उठाएको जम्मा ४ लाख रुपैयाँ हराएको बताएकी थिइन् ।’
सहकारीको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाले भीममान र मन्दिरालाई शुक्रवार प क्रा उ गरेको थियो ।सहकारीले दाबी गरेको रकम तिर्ने र बोलाएका बेला हाजिर हुने शर्तमा दाजु कुमारमानको रोहबरमा उनीहरूलाई छाडिएको थियो ।
आइतवार मन्दिराले प्रहरीलाई फोन गरेर आफूहरू आउन नसक्ने बताएकी थिइन् । सोमवार बेलुका सिंगो परिवार नै वि ष सेवन गरेको अवस्थामा भेटिएका छन् ।
श्रीमतीको हस्ताक्षर र आमाको औँठाछापसहित सु सा इ ड नोट
प्रहरीले घटनास्थलमा सु सा इ ड नोट पनि भेटेको छ । भीममानले लेखेको सु सा इ ड नोटमा उनी र श्रीमती मन्दिराको हस्ताक्षर तथा आमा इन्दिमायाको औँठाछाप समेत रहेको घरबेटी उद्धवराज पुरीले बताए ।
‘सु सा इ ड नोटमा आमाको औँठा छाप र २ जनाको हस्ताक्षर छ भनेर प्रहरीले सुनाएको थियो,’ पुरीले भने, ‘उनीहरूले सहकारी र मनमोहन अस्पतालको नाम समेत नोटमा उल्लेख गरेका छन् ।’
ब्रिटिश गोरखा सहकारीका ७ जनाको नाम र नम्बर सु सा इ ड नोटमा उल्लेख गरिएको दाजु कुमारमानले जानकारी दिए ।
अर्कातर्फ को भि ड १९ को उपचारका क्रममा मनमोहन अस्पतालमा निकै ठूलो रकम खर्च भएकाले उक्त अस्पतालको नाम समेत उल्लेख गरेको पाइएको छ ।
चार महिनाअघि सरेका थिए डेरा, तिरेका थिएनन् भाडा
सो परिवार ४ महिनाअघि मात्र उक्त घरमा डेरा सरेको पाइएको छ । पुरानो घरको माथिल्लो तलाका ४ कोठा महिनामा ११ हजार रुपैयाँ भाडा तिर्ने गरी लिएका थिए ।
‘डल्लुका स्थानीय भएकाले हामीले भाडाका लागि कर गरेनौं । लामो समय बस्ने बताएकाले सम्झौता गरेर भाडा लिने निर्धारण भएको थियो,’ पुरीले भने, ‘बीचमा म बि रा मी र उहाँलाई पनि को भि ड लागेकाले भाडा दिनुस् भनेर कर गरेनौं ।’
छिमेकीसँग नबोल्ने र हल्ला गरे गाली गर्थे भीममान
छिमेकीका अनुसार भीममान एकदमै कम बोल्थे । अरूले हल्ला गरेको पनि उनलाई मन पर्दैनथ्यो । तल्लो तल्लामा बस्दै आएकी एक महिलाले भनिन्, ‘उहाँ घरमा भए/नभएको थाहा हुँथैनथ्यो । कसैसँग बोल्नुहुँदैनथ्यो ।’
कहिलेकाहीँ छिमेकीले हल्ला गरे भनेर आफूसँग गुनासो गर्ने गरेको घरबेटी पुरीले बताए । पुरीका अनुसार उनीहरूले च्यानल गेटमा कपडा राखेर कसैले नदेख्ने बनाएका थिए भने बरान्डामा प्लाष्टिकले छोपेका थिए ।
ट्याक्सी चलाउँदै आएका भीममानले कुकुर पालन समेत गर्ने गरेका थिए । आर्थिक अवस्था निकै खस्किएकाले जे काम पाउँछ त्यही गर्ने गरेको पाइएको छ ।
मानसिक सम स्या, डि प्रे स न को औषधि सेवन
भीममानले समय समयमा निरा’शाज’नक कुरा गर्ने गरेको घरबेटीले बताएका छन् । श्रीमती मन्दिराको भने सामान्य व्यवहार थियो ।
‘भीममानले अलि नि’राशा’ज’नक कुरा गर्थ्यो, जे काममा हात हाले पनि असफल भएँ भन्थ्यो,’ पुरीले भने, ‘कोठामा औषधि देखेपछि मानसिक सम’स्या रहेको पनि थाहा पाएँ ।’ प्रहरीले पनि घटनास्थलमा मानिसक रोगको औषधि फेला पारेको बताएको छ ।
कसरी थाहा पायो प्रहरीले ?
भीममान बस्ने फ्ल्याटमा २ वटा जर्मन सेफर्ड कुकुर थिए । साँझ ७ बजेतिर कुकुरहरू एकोहोरो भुकेपछि छिमेकीले घरबेटी उद्धव पुरीलाई फोन गरेका थिए ।
उद्धवले भो’काएका कारण कुकुर भुकेको होलान् भन्ने अनुमान लगाए । तल्लो कोठामा डेरा गरेर बस्ने व्यक्तिलाई हेर्न पनि लगाए, तर केही देखिएन । फेरि छिमेकीले हेर्न जाँदा १ जनाको खुट्टा देखियो ।
डल्लुमा बस्दै आएका घरबेटी त्यसपछि घटनास्थलमा पुगे । च्यानलगेटमा भित्रबाट ताल्चा लगाइएको थियो । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
बेलुका साढे ८ बजे प्रहरी पुगेर ढोका फोरेर हेर्दा भीममान, मन्दिरा र इन्दिमाया मुखमा फिँज निकालेको अवस्थामा थिए भने सुवर्णमान र सुप्रिया अर्कै कोठामा थिए ।
त्यसपछि प्रहरीको सहयोगमा उनीहरूलाई अस्पताल पुर्याइयो । अस्पतालले राति साढे १० बजेतिर सुवर्णमानलाई मृ त घोषित गरेको थियो ।
घटनास्थलमा वि ष को बट्टा समेत भेटिएको प्रहरीले जनाएको छ । आर्थिक कारणले नै आ त्म ह त्या को प्रयास गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।