काठमाडौं –
नेकपा (माओवादी केन्द्र)मा पहि’रो जाने क्रम नरोकिने संकेत देखिएको छ । माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमारी खराललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि रहेका छन् । एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।
यो पनि : माओवादीका अनुशासन आयोगको अध्यक्ष तथा स्थायी कमिटीका पदेन सदस्य टंक राईले पार्टीमा दोस्रो दर्जाको व्यवहार गरेको भनी असन्तुष्टि जाहेर गर्दै पार्टी छोडेको घोषणा गर्ने तयारी थालेका हुन् ।
पार्टीबाट अलग हुने र अब के गर्ने भन्ने बारेमा गृहकार्यमा जुटेको बताइएको छ । पूर्व सांसद समेत रहेका राईले लोकसंवादलाई भने(‘माओवादी केन्द्र आफूले छोडी
नसकेको तर पार्टीमा असन्तु’ष्ट रहेको र केही बिचार मिल्ने साथीहरूका बीचमा कसरी अगाडि बढ्ने बारेमा गृहकार्यमा छौँ । सम्भवत केही दिनमा नै पार्टी छोडेको घोषणा गर्छौं ।’
सिपी मैनाली नेतृत्वको नेकपा मालेबाट अलग भएर टंक राई नेपाल कम्युनिस्ट पार्टी गठन गर्दै अन्य दर्जनौँ केन्द्रीय नेतासहित नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकतामा समाहित भएका थिए ।
एकीकरणपछि टंक राईलाई सुरुमा पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिएको थियो भने पछिल्लो समयमा अनुशासन आयोगको अध्यक्षको जिम्मेवारी दिएको थियो ।
सोही एकताबाट आएका रामहरि कार्की र अबेम्बर राईलाई पोलिटव्यूरो सदस्यको जिम्मेवारी माओवादी केन्द्रले दिइएको थियो ।
नेता राईले के विषयमा असन्तुष्टि रहेको नबताए पनि आफूसँगै एकतामा समाहित भएका अन्य नेताहरूलाई पार्टीमा कुनै स्थान दिन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तयार नभएका कारण अलग्गै पार्टी वा मोर्चा निर्माणको गृहकार्यमा जुटेको बताइएको छ ।
नेता राई निकट एक नेताका अनुसार गोपाल किराती र अशोक राई लगायतका नेताहरुसँग अलग्गै पार्टी बनाएर जाने कि मोर्चा बनाएर जाने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।