पल शाहको विपक्षमा २२ जना बहसका लागि तयार हुँदा पलको पक्षमा बोल्ने अधिवक्ताहरु कति छन् ?

काठमाडौं –

अभिनेता पल शाहको विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका छन् । शाहले नाबालिग गायिकामाथि गरेको यौ’न हिं’साको विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका हुन् ।

पीडित गायिकाको न्यायका लागि बहसमा सहभागी हुन अधिवक्ता एवम् अभियन्ता मोहना अन्सारीको आग्रह पछि शाह को विपक्षमा २२ जना अधिवक्ताहरु बहसका लागि तयार भएका हुन् ।

शाहको विपक्षमा वहस गर्ने अधिवक्ताहरुमा मोहना अन्सारी, मीरा ढुङ्गाना, सुष्मा बाँस्कोटा, ओम अर्याल, राधिका खतिवडा, ईला शर्मा, सरिता तिवारी,

कुमारी खरेल, मनीषकुमार श्रेष्ठ, केदार गुरागाइँ, रामेश्वर कोइराला, अञ्जना अर्याल, अपेक्षा निरौला, अमृता अर्याल, माया घिमिरे, जयन्ती पाठक,

रुपा पोखरेल, दिल कुमारी राई, शैलेन्द्र प्रसाद अम्बेडकर, विकास भट्टराई, शिवजी भण्डारी र राहुल झा बहसका रहेका छन् ।

पलको तर्फबाट अधिवक्ता विवी विष्टसहितले बहस गर्ने भएका छन् । पीडित गायिकाले गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी दिएपछि अभिनेता शाह हाल तनुहँको प्रहरी हिरासतमा रहेका छन् ।

गायिकाको जाहेरीको दिएको पाँच दिनपछि शाह आफै तनहुँ प्रहरी पुगेका थिए । सुरुमा अनुशन्धानको लागि सात दिनको समय तोकेपनि अहिले फेरि थप १२ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।

यो पनि : गायीका किशोरीले दिएको उजुरीका आधारमा प क्रा उ परेका अभिनेता पल शाहलाई वयानका लागि गैडाकोटको सरकारी वकिल कार्यालय लगिएको छ ।

पलले गैडाकोट स्थित सरकारी वकिलको कार्यालयमा वयान दिएका छन् । गायीका किशोरीले कर णी गरेको आ रो प लगाए पनि पलले भने इन्कारी वयान दिएका छन् ।

उनले आफुले कुनै गलत काम नगरेको बताउँदै आएका छन् । गैडाकोटमा दिएको वयानमा पनि पलले इन्कारी वयान दिएको बुझिएको छ ।

मंगलबार तनहुँबाट जिल्ला प्रहरीमा ल्याइएका उनलाई बुधबार सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो । उनलाई सरकारी वकिल कार्यालय लैजादै गरेको भिडियो सार्वजनिक भएको छ ।

मंगलबार शाहलाई जिल्ला प्रहरी कार्यालय तनहुँले गैंडाकोट प्रहरीमा पठाएको थियो । जिल्ला प्रहरीका सूचना अधिकृत दिलिप गिरीका अनुसार

शाहलाई अब करिब एक हप्ता गैडाकोटमै राखेर अनुसन्धान अघि बढाइने छ । प्रहरीले दुवै स्थानको घटनामा एकै पटक अनुसन्धान सक्नेगरी काम थालेको हो ।

तनहुँ र गैडाकोटमा परेको उजुरी एकै ब्यक्ति उपर एकै प्रकारको अभियोग हो । दुवै जिल्लामा एउटै प्रकृतिको मु द्दा भएकाले यहाँको

अदालतले म्याद थप्न नपर्ने प्रहरीको भनाइ छ । गैंडाकोट घटनाको अनुसन्धान सकिएपछि शाहलाई तनहुँ प्रहरीमै पठाइने भएको छ ।

प्रहरीका अनुसार ती किशोरीले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई इच्छा विपरित कर णी गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...