युक्रेनले यस्तो शर्त माने रुसले तुरुन्तै रोक्नेछ यु द्ध !

एजेन्सि –

रुसले आफ्ना माग पूरा नभएसम्म यु क्रे न मा सैन्य आ क्र म ण अन्त्य नगर्ने चे ता व नी दिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग आइतबार

टेलिफोन वार्ता गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘यु क्रे न ले रुसका माग पूरा गरेको खण्डमा मात्र सैन्य का र बा ही अन्त्य हुने’ बताएका हुन् ।

टेलिफोन कुराकानीका क्रममा पुटिनले ‘यु क्रे नी वार्ताकारहरूले रचनात्मक कदम चाल्ने विश्वास लिएको बताएका’ रुसी राष्ट्रपति कार्यालयले जनाएको छ ।

दुई देशका प्रतिनिधिबीच सोमबार वार्ता हुने जनाइएको छ । यु क्रे न मा यु द्ध विरामका लागि आफूले पुटिनलाई आग्रह गरेको पनि एर्दोगानले जनाएका छन् ।

तर यस विषयमा पुटिनको प्रतिक्रियाबारे टर्कीको राष्ट्रपति कार्यालयले केही उल्लेख गरेको छैन । यु क्रे न ले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को सदस्य हुने तयारी गरेपछि रु ष्ट रुसले उसका मुख्य सहरहरूमा आ क्र म ण थालेको हो ।

११ दिनदेखि जारी आ क्र म ण का क्रममा रुसले यु क्रे न को खर्किभ सहरमाथि पूर्ण नियन्त्रण कायम गरिसकेको छ । राजधानी किभसँगै मरिउपोल, भोल्नोभाख र

ओडेसा सहरमा उसले पछिल्ला दिनमा आ क्र म ण तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रुसी आ क्र म ण का कारण कतिपय सहरमा पिउने पानी तथा विद्युत् आपूर्ति बन्द भएको जनाइएको छ ।

रणनीतिक हिसाबले निकै महत्त्वपूर्ण ठानिएको बन्दरगाह सहर मरिउपोलमा रुसी सेनाले ठूलो मात्रामा बमबारी गरेको जनाइएको छ ।

मरिउपोल र भोल्नोभाखका नागरिकलाई बाहिरिन सहयोग पुग्ने गरी गर्ने भनिएको यु द्ध बि रा म भंग भएको यु क्रे नी अधिकारीले जनाएका छन् ।

दुई देशबीचको यु द्ध का क्रममा ठूलो धनजनको क्ष ति भइसकेको छ । युक्रेनले ७ हजारभन्दा बढी रुसी सेना मा रि ए का दाबी गरेको छ । त्यस्तै, ८८ वटा रुसी विमान र हेलिकोप्टर ध्वस्त पारिदिएको यु क्रे न को दाबी छ ।

तर यसको स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । रुसले भने यु द्ध का क्रममा ज्यान गुमाउने आफ्ना सैनिकको संख्या ५ सयको हाराहारी रहेको बताएको छ ।

यु क्रे न का राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पश्चिमा समर्थक राष्ट्रलाई ‘नो फ्लाइट जोन’ घोषणा गर्न पुनः आग्रह गरेका छन् । तर नाटोले यु क्रे न मा ‘नो फ्लाइट जोन’

घोषणा गर्न अस्वीकार गर्दै आएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘नो फ्लाइट जोन’ घोषणा गर्नु भनेको यु द्ध को का र बा ही हुने चे ता व नी दिएका छन् ।

यु क्रे न की उपप्रधानमन्त्री ओल्हा स्टेफानिश्न्याले ‘रुसको आतं क वादी योजना’ को नयाँ लहर सुरु भएकाले यु क्रे न को अवस्था झन् ग म्भी र बन्दै गएको बताएकी छन् ।

यु क्रे नी सहरका अस्पताल र शिशु कक्षाहरूमा रुसी सेनाले गो ला बा री गरेको उनको दाबी छ । आफ्ना सैनिकको जीवन लगायतको ठूलो क्ष ति बेहोर्दा पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आ क्र म ण लाई थप प्रोत्साहित गरिरहेको बताइन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यु क्रे न माथि रुसको आ क्र म ण विफल तुल्याउन नयाँ प्रयास थाल्नुपर्ने बताएका छन् । विश्व नेतालाई आग्रह गर्दै जोन्सनले रुसी राष्ट्रपति पुटिनमाथि द बा ब कायम राख्न केही योजना अघि सारेका छन् ।

त्यसका लागि यु क्रे न का लागि अन्तर्राष्ट्रिय मानवीय गठबन्धनलाई परिचालन गर्नुपर्ने, यु क्रे न ले आत्मरक्षाका लागि गरेको प्रयासलाई सबैले साथ दिनुपर्ने, रुसमाथि आर्थिक द बा ब बढाउनुपर्ने उनले बताए ।

त्यस्तै, यु क्रे न को वैध सरकारको सहभागितामा यु द्ध को कूटनीतिक समाधान खोज्नुपर्ने र नाटो देशहरूबीच सुरक्षाका विषयमा द्रुत अभियान अघि बढाउनुपर्ने जोन्सनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि राष्ट्रपति जेलेन्स्कीसँग कुराकानी गर्दै अमेरिकाले यु क्रे न लाई सुरक्षा, मानवीय र आर्थिक सहायता बढाउँदै लग्ने आश्वासन दिएका छन् ।

त्यसका लागि कंग्रेससँग सहकार्य गरिरहेको ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । यसैबीच, चीनले यु क्रे न मामिलाका

विषयमा प्रतिक्रिया दिँदै ‘आगोमा घिउ थप्ने’ कार्यको वि रो ध गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी राज्यमन्त्री एन्टोनी ब्लिंकनसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

आफूहरू रुस र यु क्रे न बीच प्रत्यक्ष वार्ताको पक्षमा रहेको बताउँदै वाङले त्यसबाट मात्र सं क ट समाधान गर्न सकिने बताए । दुई नेताबीच पछिल्लो दुई सातामा दोस्रो पटक फोन वार्ता भएको हो ।

कुराकानीका क्रममा वाङले अमेरिका, नाटो र युरोपेली संघलाई वार्ता गर्न र मस्कोको सुरक्षा चासोलाई ध्यान दिन आग्रह गरेका जनाइएको छ ।

रुस–यु क्रे न सं क ट ले चीनको अगाडि ठूलो चुनौती खडा गरेको ठानिएको छ । चीनले हालसम्म रुसी आ क्र म ण को आलोचना वा समर्थन केही गरेको छैन ।

विश्लेषकहरूले चीनले युरोपमा हुने कुनै पनि यु द्ध लाई समर्थन गरेको देखाउन चाहँदैन र रुससँगको रणनीतिक तथा सैन्य सम्बन्ध पनि सुदृढ रहिरहोस् भन्ने चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...