नाबालिगको पक्षमा बोल्दा रेखालाई यतिसम्म भनेका रहेछन् र पो प्रहरीमा उजुरी गरेका रहेछन् !

काठमाडौँ –

अभिनेत्री रेखा थापाले राजनीतिक हिसावले उपस्थित र शृङ्गारिक हिसावले प्रतिनिधित्व गर्दैमा महिलामा परिवर्तन नआउने बताएकी छन् ।

महिलाहरूमा परिवर्तन आउन चेतनाको स्तर वृद्धि हुनुपर्ने उनको धारणा छ । महिला दिवसको सन्दर्भमा मंगलबार आयोजित सडक बहस कार्यक्रममा

बोल्दै थापाले नबालिग गायिकाको पक्षमा बोल्दा समाजबाट पीडा भोग्नु परेको गुनासो समेत पोखिन् ।

‘नाबालिग गायिका संरक्षण गर्ने दाइत्व हाम्रो समाजको हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा मलाई ‘हार्दिक श्रद्धाञ्जली’ समेत लेखियो’, उनले अगाडि थपिन् ‘त्यसले हामी अझै सतिप्रथामा छौं कि क्याहो जस्तो महसुस भयो ।’

उनले हिं सामा परेर बाहिर निस्केको मानिसलाई तै खराब भन्ने प्रवृत्ति रहेको बताउँदै प्रश्न गरिन्, ‘जसलाई हिं सा परेर बाहिर निस्केको हुन्छ, त्यै ख रा ब भन्न होला त ? ।

थापाले पल शाह प्रकरणमा ब्यक्ति व्यक्तिले आफूखुसी दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ‘चोकचोकमा र ग’ल्लीग’ल्लीमा न्यायाधीश र वकिलहरू जन्मिरहेको’ बताइन् ।

‘अब अदालतको काम के त ? हिम्मत छ भने अदालत बन्द गराइदिनुस्, ’ उनले चुनौ’ती कटाक्ष गरिन् । 

यो पनि : म्याग्दीमा सामान्यतया चैत बैशाखमा फुल्ने लालीगुराँस यस वर्ष भने फागुनमै फूलेको छ ।

जिल्लामा यस वर्ष पुषदेखि नै लालीगुराँस फूलेर जंगलहरु राता देखिन थालेका छन् ।

काफल, ऐसेलु जस्ता जंगली फलहरु पनि बेमौसममा नै फल्न सुरु भएको छ । फागुनको मध्यतिरबाट बल्ल कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् ।

यसरी बेमौसममा लालीगुराँस फुल्नु र जंगली फलहरुको मौसमी चक्र परिवर्तन हुनुमा जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको वातावरणविद्हरुले बताएका छन् ।

म्याग्दीका अन्नपूर्ण, रघुगंगा, मालिका, मंगला र धवलागिरि गाउँपालिकाका जंगलहरुमा ढकमक्क लालीगुराँस फुलेर बन पाखानै राताम्यै देखिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...