पल शाह प्रकरण : प्रहरीले यस्तो कडा कदम चालेपछि युट्युबरहरुको ह रि बि जो ग !

काठमाडौं – 

दिनहुँजसो नाराबाजी, भीडभाड हुने स्थान तनहुँको प्रहरी कार्यालय अहिले सुनसान छ । न कुनै युट्युबहरुको ‘ग्याङ्ग’ छ न त आफूलाई ज ब र्ज स्त सामाजिक अभियन्ता भन्नेहरुको नै भीड छ ।

हो, अहिले सुनसान छ, तनहुँ प्रहरी कार्यालय । नाबालिग बालिकासँग ज ब र्ज स्तीक रणी गरेको अ भि यो ग मा प क्रा उ परेका अभिनेता पल शाह यत्तिबेला यहीँ सुनसान रहेको प्रहरी कार्यालयको हिरासतमा छन् ।

गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्मण गर्न पुगेका अभिनेता शाहमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले आइतबार १२ दिनको समय थपेको छ ।

यसअघि प्रहरी कार्यालयको गेटअगाडि वि रो ध प्रदर्शन र अभिनेता शाहको पक्षमा खुबै हल्लाखल्ला गर्ने युट्युबर र अभियन्ता भन्नेहरु लाखापाखा लागेका छन् ।

प्रहरीलाई स्वच्छ र सत्य अनुसन्धान गर्न दिन भनिए पनि अटेर गर्दै नाराबा’जी गर्दै आएका उनीहरु एक्कासी कसरी त्यहाँबाट हटे त ?

फागुन २० गते गृह मन्त्रालय र नेपाल प्रहरीकाे साइबर ब्युरोले युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राममा झु ट्टा शीर्षक राखेर सामाजिक सद्भावमा खलल पुर्याउनेलाई हदैसम्मको का र बा ही गर्ने सूचना जारी गर्यो ।

त्यसअघिसम्म अभिनेता पल शाहकै पक्षमा उभिएर नाराबाजी गर्दै आएका युट्युबर र सामाजिक अभियन्ताहरु सरकारको सूचनासँगै लाखापाखा लाग्न बाध्य भएका हुन् ।

राजधानीबाट केही युट्युबरसहित दमौली पुगेका भाइरल म्यान पुण्य गौतम, जयकिशान बस्नेतलगायतको ग्याङ्ग अहिले त्यहाँ छैन ।

अर्काको चियोचर्चाे गरेर जथाभावी भिडियो खिचेर प्रसारण गर्ने युट्युबरमाथि सरकारले कडा निगरानी गरेपछि भाइरल म्यानहरु पनि बस्ने कुरै भएन ।

आफूलाई भाइरल बनाउने युट्युबर नै नभएपछि भाइरल म्यानहरु दमौलीबाट लाखापाखा लागेका छन् । युट्युबर र भाइरल म्यानहरु दमौलीबाट लाखापाखा लागेसँगै पल शाहमाथि अनुसन्धान गर्न प्रहरीलाई सहज भएको छ ।

नत्र यसअघि प्रहरीले अनुसन्धान वा सोधपुछका लागि मानिसहरु झिकाउदा लुकिछिपि ल्याउनुपर्ने बाध्यता थियो । तर, अहिले त्यस्तो कुनै बाध्यता छैन ।

अब ‘युट्युव च्यानल’ दर्ता नगरी चलाउन नपाइने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण –एघारौं संशोधन, नियमावली, २०७८ जारी गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था ल्याएको छ ।

नियमावलीमा अब युट्युव च्यानलसहित इन्टरनेटको माध्यमबाट प्रशारण हुने सामग्री सञ्चालनपूर्व इजाजतपत्र लिनुपर्ने भएको छ ।

साथै, अनलाइन टेलिभिजन सञ्चालनको इजाजत–पत्र लिनका लागि ५ लाख रुपैयाँ तिर्नुपर्ने नियमावलीमा उल्लेख गरिएको छ ।

यस ऐनले डलरका लागि खोलिएका युट्युबरहरुलाई अंकुश लगाएको छ । तर, साँच्चिकै व्यवसायिक रुपमा युट्युबलाई पनि नयाँ उचाइमा

पुर्याएर पाठकलाई सही सूचना र जानकारी दिने युट्युबमाथि भने अन्याय भएको बहस चलिरहेको छ । र, यसबारे बहस चल्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...