गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कु टा कु ट, झ ग डा हुनुको कारण यस्तो पो रहेछ !

वीरगन्ज –

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच वि वा द बढ्दै जाँदा कु टा कु ट भएको छ ।

उपाध्यक्ष चौधरीले विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षसहित वडाअध्यक्षको समूहले हा त पा त गरेको आ रो प लगाएकी छन् ।

अध्यक्ष जैसवालले भने सामान्य वा द वि वा द हुँदा उपाध्यक्षले नै आफूमाथि पानीको बोत्तल हिर्काइ दु’र्व्य’व’हा’र गरेको दाबी गरेका छन् ।

जैसवालले सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजन गरी उपाध्यक्षले दुर्व्यवहार गरेको बताए ।

यसअघि उपाध्यक्ष चौधरीले अध्यक्षसहितको समूहले आफूलाई आइतबार कु’ट’पि’ट र दु’र्व्य’व’हार गरेको आ’रो’प लगाएकी थिइन् ।कु’ट’पि’ट’ले चो’ट’प’ट’क र डा’म बसेको उनको दाबी छ ।

अध्यक्षका अनुसार आइतबार करिब साढे ३ बजे गाउँपालिका कार्यालयको आफ्नो कार्यकक्षमा पुग्दा उपाध्यक्ष लगायत ५ जना वडाध्यक्ष बसिरहेका थिए ।

‘अन्य विषयमा कुराकानी सुरु हुँदा उपाध्यक्षले ८ औं गाउँसभाबारे मलाई जानकारी नगराई किन मनोमानी गरेको भन्दै उग्र हुन थालिन्,’ अध्यक्षले भने, त्यसपछि मैले

गाउँपालिका अध्यक्षसँग बोल्न तपाईँलाई तमिज नभएकाले नम्र भएर कुरा गर्नुस् भनेको थिएँ । यदि सम’स्या छ भने सम्बन्धित निकायमा मु’द्दा गर्नुस्, यति भनेपछि उहाँले तैले मलाई बोल्न सिकाउने भन्दै टेबुलमा रहेको बोत्तल उठाएर हि’का’इन्।’

अध्यक्षका अनुसार उपाध्यक्ष पहिले पनि अन्य विषयमा बढी रि’सा’उने गर्थिन् । तर फेरि शान्त भइहाल्थिन् । ‘आइतबार पानीको बोत्तल

उठाएपछि मैले सोचें मजाक गर्दै हुनुहुन्छ,’ उनले भने, ‘बोत्तलले हि’र्का’ए पनि म आफ्नो कुर्सीमै बसिरहेको थिएँ, तर त्यसपछि झन् अभ’द्र व्यवहार गरिन् ।’

गाउँपालिकाका अन्य कर्मचारीहरूका अनुसार उपाध्यक्षले अध्यक्षलाई चप्पलले समेत हिर्काएकी थिइन् । जुन सीसीटीभी क्यामेरामा कै’द भएको उनीहरू बताउँछन् ।

दु’र्व्य’व’हार गरेपछि उपाध्यक्षका भाइ र वडा ५ का अध्यक्षले उनको हात समाएर कार्यकइ बाहिर निकालेको अध्यक्षले बताए ।

‘मसँग नसोचेको घटना भयो। आफ्नै बेइज्जती हुन्छ भनेर मैले बाहिर गुनासो गरिन, सामान्य वादविवादको रुपमा लिएको थिएँ,’ अध्यक्ष जैसवालले भने, ‘तर उपाध्यक्ष राति नारायणी अस्पतालमा भर्ना भई केही सञ्चार माध्यममा अध्यक्षले कु’ट’पि’ट

गरेको आ’रो’प लगाएपछि आफू घटना सार्वजनिक गर्न बाध्य बनेको हुँ ।’ साथै कार्यकक्षमा सीसीटीभी जडान भएको कुरा उपाध्यक्षले याद गरेको भए यस्तो ग’ल’त आ’रो’प नलगाउने अध्यक्ष बताउँछन् ।

उपाध्यक्ष चौधरीले अध्यक्षले अपशब्द प्रयोग गरेपछि आफू बाध्य भएर चप्पल उठाउनु परेको बताउँछिन् । ‘मैले चप्पल हिर्काएको सीसीटीभीमा कै’द भएको छ,’ कान्तिपुरसँग उनले फोनमा भनिन्,

‘तर, अध्यक्षले प्रयोग गरेको अपशब्द भाषा र गा’ली कै’द भएको छैन, अपशब्द भाषा नबोलेको भए चप्पल उठ्दैनथ्यो ।’ उनका अनुसार आइतबार कार्यकक्षमा अध्यक्ष आएपछि नमस्कार गरी उनी बाहिर निस्किन लागेकी थिइन् ।

तर, वडाध्यक्षहरुले बस्न आग्रह गरेका थिए । ‘गुपचुप रुपमा गाउँसभा गर्नुभयो, मेरो अधिकारबाट मलाई बञ्चित राख्नुभयो, किन त्यस्तो गर्नुभयो भनेर अध्यक्षलाई सोधेँ,’ उपाध्यक्ष चौधरीले भनिन्, ‘अध्यक्षले मलाई थाहा छैन भने ।

मैले फेरि सोधेँ अनि अध्यक्षले गाली गर्न थाले । गा’ली नगर्नुस् भनी आग्रह गर्दा अपशब्द बोल्न थोले अनि बाध्य भएर चप्पल उठाएँ ।’

अध्यक्षकै निर्देशनमा वडाध्यक्ष लगायतको समूहले आफूलाई एउटा कोठामा चुकुल लगाएर केही समय थुनेको पनि उनले बताएकी छन् ।

‘कु ट पि ट ले मेरो शरीरमा डा म बसेको छ,’ उनले भनिन्, ‘छाती र पिठ्युँमा चोट लागेको छ । का र बा ही को लागि प्रहरी प्रशासनमा जाहेरी दिन्छु ।’

उता अध्यक्ष जैसवालले समेत उपाध्यक्ष वि रु द्ध उजुरी दिने बताएका छन् । अध्यक्ष र उपाध्यक्षको झगडाले सोमबार दिनभर गाउँपालिका बन्द रहेको स्थानीय रामकिशोर चौधरीले बताए। कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...