एजेन्सि –
रुसी ह म ला मा यु क्रे न का राष्टपति मा रि ए को खण्डमा के होला भन्ने प्रश्न धेरैको मनमा उठेका हुनसक्छन् ।
यही विषयमा अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनलाई प्रश्न सोधिएको छ । सिबिएस न्युज च्यानलले एक अन्तरवार्ताको क्रममा ब्लिङ्कनलाई
ह म ला मा यु क्रे न का राष्ट्रपति वोलोदिमिर जेलेन्स्की मा रि ए के होला भनेर सोधिएको प्रश्नको जवाफमा ब्लिङ्कनले यु क्रे न को सरकारसँग आकस्मिक योजना भएको बताएका छन् ।
एन्टनी ब्लिङ्कनले भने, ‘यु क्रे न सँग योजना छन् । म यसका अहिले नै कुरा गर्ने वाला छैन । सरकारलाई सत्तामा राख्नका लागि के गर्नुपर्छ भन्ने कुरा हामी निश्चित गर्नेछौँ । यसलाई ममाथि छोडिदिनुहोस् ।’
ब्लिङ्कनलाई अमेरिका जेलेन्स्की बिना अन्तरिम सरकारका लागि कुनै योजनामाथि काम गरिरहेका छन् भनेर सोधिएको थियो ।
थुप्रै मिडिया रिपोर्टमा जेलेन्स्की रुसी ह म ला को निशानामा भएको बताइएको छ । जेलेन्स्की आफैंले पनि आफ्नो ज्यानमाथि ख त रा भएको
बताइसकेका छन् । अहिले जेलेन्स्की लाइभमा आउँदैनन् । उनी भिडियो रेकर्ड गरेर सोसल मिडियामा हाल्ने गर्छन् ।
यदि रुसले राष्ट्रपति जेलेन्स्कीलाई मा रि दि यो भने त्यसको असर के होला ? यसको जवाफमा ब्लिङ्कनले भने, ‘पहिलो कुरा त के हो भने जेलेन्स्की र उनको सरकार पूरा मामिलामा डटिरहेका छन् ।
मानिसहरुले गज्जबको साहस देखाएका छन् ।’ प्रतिबन्धको विषयमा ब्लिङ्कनले यसको रुसमा असाध्यै ग म्भी र असर परिरहेको बताए ।
कम्पनीहरु त्यहाँबाट भा’गिरहेका कारण मानिसहरु अत्यावश्यक सामान खरिद गर्न नसकिरहेको बताइएको छ ।
यो पनि : यु क्रे न को राजधानी सहर किभतर्फ केही दिनअघि बढेको रुसी सशस्त्र फौजको ४० माइल लामो बख्तरबन्दहरुको लस्कर पछिल्ला
केही दिनयता रोकिएको अमेरिकी रक्षा अधिकारीहरुले जनाएका छन् । बख्तरबन्दहरुको लस्कर बेलारुसको सीमाबाट राजधानीतर्फ बढिरहेको थियो ।
बख्तरबन्दको लस्करलाई फेब्रुबरीमा स्याटलाईट तस्बिरमा पहिलो पटक देखिएको थियो ।
‘रुसी अक्षतर्फ कुनै महत्वपूर्ण गतिविधि भएको देखिदैन, ’ एक अमेरिकी अधिकारीको भनाई उदृत गर्दै रोयर्टसले लेखेको छ, ‘ प्रमुख तत्वहरू यी शहर केन्द्रबाहिर रहन्छन् । ’
‘बख्तरबन्दको गति अवरोध हुने क्रम जारी’ रहेको उनको भनाई छ । रसियाले सीमामा जम्मा गरेको सेना उसको सैन्य शक्तिको झण्डै ९५ प्रतिशत भएको अमेरिकी गुप्तचर निकायको अनुमान छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसी सेनाले यु क्रे न मा सर्वसाधारणमाथि जानी जानी ह म ला गरेको आफूहरुसँग विश्वसनीय रिपोर्ट रहेको दाबी गरेका छन् ।