तनहुँ –
ब ला त्का र को आरोप लागेका अभिनेता पल शाहलाई फेरि १२ दिन हिरा’सतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।
आइतबार जिल्ला अदालत तनहुँले शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
म्याद थपका लागि
प्रहरीले आज उनलाई जिल्ला अदालतमा पेश गरेको थियो । यस अघि दिइएको ७ दिनको म्याद आज सकिएपछि म्याद थपका लागि प्रहरीले अदालतमा उपस्थित गराएको हो ।
नाबालिग गायिकाले ११ फागुनमा ज ब र ज स्ती क र णी को आ रो प लगाँउदै तनहुँ प्रहरीमा जाहेरी दिएकी थिइन् । बालिकाले उजुरी दिएपछि शाहको खोजी भएको थियो ।
१५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यलय तनहुँमा आत्मसर्मपण गरेका थिए ।
यो पनि : गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरेर महिला सांसदहरूले विभिन्न विषय सम्बोधन गरिदिन आग्रह गरेका छन्।
नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसदहरू रंगमती शाही, बिन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठले गृह
मन्त्रालयमा आइतबार भेटेर नागरिकता, भिजिट भिसासम्बन्धी रिपोर्ट लगायतका विषयमा माग राख्दै सम्बोधन गरिदिन आग्रह गरे।
एमाले सांसद पाण्डेले नागरिकता सम्बन्धी विधेयक प्रतिनिधि सभाको समितिबाट संसद्मा गइसकेकाले पारित गर्ने अवस्था निर्माण गर्न आग्रह गरे।
वैवाहिक अंगिकृत बाहेकका विषयमा सहमति बनेकाले पास गरेर कानुन बनाउँदा उपयुक्त हुने उनको भनाइ थियो। नागरिकता सम्बन्धी
विषयले उमेर पुगेकाहरू पनि बैंक खाता खोल्न, पढ्न विद्यालयमा भर्ना गर्न र रोजगारीका लागि आवेदन दिन पनि सम’स्या भएको महिला माननीयहरूको भनाइ थियो।
त्यस्तै भिजिट भिसा र सोबाट सिर्जित सम’स्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनमा संविधानसँग बाझिने विषयबस्तु समेटिएको भन्दै सच्याउन माननीयहरूले आग्रह गरे।
पल शाह ब ला त्का र प्रकरणमा पीडित बालिकामाथि बढी प्र हा र गर्ने काम भएको भन्दै रोक्न पहल गरिदिन पनि उनीहरूको आग्रह थियो।
महिलाको मौलिक हक समेटिएको संविधानको धारा-३८ अनुरुप समावेशी र समानुपातिक आधारमा स्थानीय तह निर्वाचनमा कम्तिमा ५० प्रतिशत उम्मेद्वारी दिने व्यवस्था दलहरूबाट हुनुपर्ने पनि उनीहरूको भनाइ थियो।
महिला माननीयहरूले स्थानीय तह निर्वाचनमा ५० प्रतिशत महिला उम्मेद्वार उठाउनु पर्ने, म्यादी प्रहरी र निर्वाचन गर्ने कर्मचारी पनि ५० प्रतिशत खटाउन माग गरे।