काँग्रेसले गठबन्धन गर्ने निर्णय गरेको भोलिपल्टै ओलीले चाले कडा कदम, देशभर एकसाथ तहल्का मच्चाउँने

काठमाडौं –

नेपाली काँग्रेसले स्थानिय तहको निर्वाचनमा माओवादी, नेकपा एस लगायतका दलसँग स्थानिय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको भोलिपलटै प्रमुख प्रतिपक्षी दल नेकपा एमालले काउण्टर कार्यक्रम आयोजना गरेको छ ।

एमाले विरुद्ध महागठबन्धन बन्ने निश्चि प्राय भएको भोलिपल्टै एमाले अध्यक्ष ओलीले उमालेका पालिका तहका अध्यक्षहरुलाई विशोष् सम्बोधन गर्ने तयारी गरेका छन् ।

एमालेलाई पहिलो शक्ति बन्ने गरि तयारी गर्न आवश्यक निर्देशनका लागि ओलीले सम्बोधन गर्न लागेको बताइन्छ । ओलीले बुधबार पार्टीका स्थानिय तह अध्यक्षहरुलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्ने भएका हुन् । उनले स्थानिय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी खट्न निर्देशन समेतद दिने छन् ।

काँग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएको भोलिपल्ट पार्टीको स्थानिय तह अध्यक्षहरुलाई निर्देशन दिन लागेका हुन् ।

गत साता सम्पन्न केन्द्रिय कमिटि बैठकमा ओलीले एमालेको पाखुरा देखेर काँग्रेस सभापति शेरबहादुर देउवा डराएको भन्दै जति नै दलको गठबन्धन बने पनि निर्वाचनमा पराजित गर्ने दाबी गरेका थिए ।

तर, ओली गठबन्धनप्रति आक्रोशित छन् । उनले पाँच दलीय गठबन्धनलाई मागीखानेहरुको गठबन्धन भन्दै आएका छन् ।

ओलीले निर्वाचन आयोगमा दर्ता भएका जती सबै दल मिलेर निर्वाचनमा आए पनि एमाले एक्लैले पराजित गर्न सक्षम रहेको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...