विश्वलाई उछिन्दै नेपालको काठमाडौंले बनाए यस्तो नयाँ रेकर्ड, सबै चकित !

काठमाडौं –

काठमाडौं प्रदुषित शहरको सूचीमा विश्वकै पहिलो नम्बरमा परेको छ ।

हावाको गुणस्तर मापन गर्ने स्वीट्जरल्याण्डको एक वेबसाइट (आईक्वीएअर)का अनुसार काठमाडौंको हावाको गुणस्तर १६१ छ । यो अस्वस्थकर मानिन्छ ।

यस्तै, दोस्रो स्थानमा बंगलादेशको राजधानी ढाका रहेको छ । त्यहाँको हावाको गुणस्तर १ सय ५९ रहेको छ । बोस्निया हर्जगोविनाको सर्जेवोमा हावाको गुणस्तर १ सय ५८ मापन हुँदा इटालीको मिलानोमा १ सय ४३ मापन भएको छ ।

यसअघि पनि काठमाडौंको हावाको गुणस्तरमा कमी आउँदा जनजीवन प्रभावित बन्ने गरेको थियो । गतवर्ष हावाको गुणस्तर ४ सयको हाराहारीमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...