हेलिकप्टरमा गोसाइँकुण्ड जाने बढे ! कती लाग्छ समय, के-के छन अफर ?

रसुवा – 

रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्त्व छ ।

उकालो बाटो हिँड्दा कठिन हुने भएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकांश यात्रुले गोसाइँकुण्ड जान हेलिकप्टर रोज्न थालेका हुन् ।

स्थानीय होटल व्यवसायी हेलिकप्टर मार्फत गोसाइँकुण्डको दर्शन गर्ने भक्तजनको सङ्ख्या बढ्दो बताउँछन् । गोसाइँकुण्ड समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित छ ।

हेलिकप्टर अवतरण गरेपछि एकाध बाहेकलाई लेक लाग्ने समस्या नआएको र उक्त सम’स्या समाधान गर्न अक्सिजन समेत व्यवस्था मिलाइएको हेलिकप्टर कम्पनीले बताएका छन् ।

गोसाइँकुण्ड पैदल यात्रा गर्दा विशेष गरी लौरिबिनायक देखि कुण्डसम्म लेक लाग्ने सम’स्या बढ्छ । आउन जान तीन/चार दिनको समय लाग्ने एवं पैदल

तथा हवाईमार्गको खर्च सरदरमा उत्तिकै पर्न जाने भएपछि पछिल्लो पुस्ताका यात्रु हेलिकप्टरतर्फ केन्द्रित हुन थालेका हुन् । हेलिकाप्टरले काठमाडौंको

एयरपोर्टबाट २६ मिनेटमै गोसाइँकुण्ड पुर्‍याउँछ । दर्शनका लागि आधा घण्टाभन्दा बढी अतिरिक्त समय दिन्छ । बिहानै भगवानको दर्शन गरेर खाना खान घरमै पुग्ने गरेको यात्रुहरू बताउँछन् ।

पैदलमार्गबाट तीर्थ पुग्न नसकेका ज्येष्ठ नागरिकलाई समेत यो सुविधा उपयोगी भएकाले अचेल धेरै ज्येष्ठ नागरिकलाई गोसाइँकुण्ड दर्शन गराइसकिएको सेवा प्रदायक संस्थाले जनाएको छन् ।

गोसाइँकुण्ड दर्शनका लागि सिम्रिक, अल्टिच्युड, फिष्टेल, डाइनेष्टिक, कैलाश, माउण्टेन, मनाङ, प्रभुसमेतका हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन् ।

हवाइमार्गबाट गोसाइँकुण्डको तीर्थ गर्दा बाटोमा देखिने अग्ला सेताम्मे हिमाल, छ्याङछ्याङ झरिरहेका पानीका झर्ना, हरियाली वन,

ताल तलैयाले यात्रा मनमोहक बनाउने गरेको हावाइयात्रु काठमाडौं सीतापाइलास्थित जनउद्वार माविका शिक्षक राजु केसीले बताए ।

हेलिकप्टर गोसाइँकुण्डको डिलमा अवतरण गरेपश्चात् भगवान शिवको दर्शन गर्दा आनन्दको अनुभूति प्राप्त हुने र हेलिप्याडको डिलबाटै केही तल अवस्थित सरस्वती एवं भैरव कुण्डसमेत

देखिने भएकोले यो यात्रा थप रमाइलो बनेको शिक्षक केसी बताउछन् । तामाको दियोमा गाईको घीउ राखेर बत्ती बाल्ने, कपुरले धूपदीप गर्ने, बसाह र त्रिशूल,

जटाभएको नरिवल एवं पहेलो बस्त्र चढाइ जौ, तिल, केसरी, बेलपत्र र फूलले पूजाआजा गर्नेपर्ने चलन रहेको पुजारी टङ्कप्रसाद ढकालले बताए ।

समुन्द्र मन्थन गर्दा निस्केको कालकुट वि’ष व्यवस्थापन गरेर प्राणी जगतलाई बचाउने देवताका पनि देव भगवान महादेव गोसाइँकुण्डमा शिवजी भएकोले एक पटक भने पनि तीर्थ जानुपर्ने मान्यता रही आएको छ ।

प्रत्येक वर्ष गङ्गा दशहरा र जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने विशेष मेला भर्न पैदल मार्गबाट वार्षिक रूपमा २०औं हजार भक्तजन सो क्षेत्र पुग्ने गरे

तापनि विगतको को’रो’ना स’ङ्क्र’म’ण भएयता हावाइ यात्राको आर्कषण बढेको हो । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड

तीर्थमा डबुल्की मारेपछि शरीरका रो’ग हट्ने र पूजाआजा गरेपछि मनोकांक्षा पूरा भई नयाँ सोच विचार आउने, घर परिवारमा सुखशान्ति बढ्ने विश्वास छ ।

पुस, माघ तथा फागुन महिनामा भने बढी हिमपात हुने कारण यस क्षेत्रको दृश्य निकै मनमोहक देखन्छ । धार्मिक मान्यताअनुरूप कुण्डमाथि हिँड्दा पुण्य प्राप्त

नहुने र अर्को तर्फ जमेको हिउँमाथि हिँड्दा हिँड्दै फुटेर गाडिन सक्ने समेत सम्भावना हुने भएकाले गोसाइँकुण्डको तालमाथि नहिँड्न पुजारीले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...