प्रधानमन्त्री पत्नी डा. आरजु राणाले सबै उपमेयरलाई स्थानीय तहको चुनावमा मेयरको उम्मेदवार बनाउन दलहरुसँग अग्रह गरेकी छन्।
त्यसका लागि आफ्नो पार्टी नेपाली कांग्रेसले पहल थाल्ने उनले बताइन्। सम्पर्क भारत नेपालले काठमाडौंमा आयोजना गरेको राजनीतिमा महिला सहभागिताः चुनौ’ती र सम्भावना विषयक अन्तर्क्रियामा उनले यस्तो बताइन्।
महिला उमेदवारका लागि ‘मनी, मसल र पावर’ ठूलो चुनौ’ती रहेको डा. राणाले बताइन्। ‘चुनावमा आचार संहिता मिच्नेलाई कडा कारबा’ही गर्नुपर्छ।
चुनावमा ठूला नेताहरुले हेलिकप्टर प्रयोग गरेको जनताले देख्छन् तर आयोगले प्रतिवेदन बनाउँछन्। प्रतिवेदन दराजमा थन्काइन्छन्,’
नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी राणाले भनिन्, ‘ नेताहरुले चुनावमा हेलिकप्टर प्रयोग गर्ने स्रोतको पनि खोज्नुपर्छ।’
महिलाहरुले प्रत्यक्ष चुनाव जित्न सक्दैन भन्ने मान्सिकता त्याग्नुपर्ने उनले बताइन्। ‘ल, ल आन्दो’लनमा २-३ ट्रक महिलाहरु ल्याउ भन्दै नेताहरु फोन गर्छन्।
आन्दो’लनमा पुरुष सँगसँगै लडेका महिलालाई उनीहरुले सत्ता र अधिकार दिन चाहँदैन, उनले भनिन्, ‘सीता र सावित्रीको भूमिकामा बसेरमात्रै भएन महिलाहरुले राजनीतिमा दूर्गा र कालीको शक्ति देखाएर सक्षम बन्नुपर्छ।’
फर्केर हेर्ने हो भने महिलाहरु समाजमा शक्तिशाली रहेको इतिहास उनले उल्लेख गरिन्। ‘राजनीतिमा लागेका महिलाहरुलाई एक पटक स्थान दिएर हुँदैन।
उनीहरुलाई अगाडि बढाउन पार्टी र पार्टी बाहिरबाट सधैं सहयोग गर्नु पर्छ,’ महिलाहरुलाई विचार भनेर होइन, उनका कमजोरी पक्षलाई सक्षम बनाउन सबैले सहयोग गरौँ।’
यो पनि : गृहमन्त्री बालकृष्ण खाँणले एमसिसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्र’म फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताउनुभएको छ ।
उहाँले एमसिसीबारे जनतामा फैलाइएको भ्र’म चिर्न कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको
जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज रुपन्देहीको मणिग्राममा गृहमन्त्री खाँणले एमसिसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुने
क्ष’तिलाई रोक्नका लागि मतदातामाझ प्रष्ट पार्नु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, कांग्रेस एमसिसीको पक्षमा उभिएर संसद्बाट अनुमोदन गर्न सफल भयो ।”
गृहमन्त्री खाँणले सञ्चारकर्मीलाई पनि एमसिसीबारे सत्यतथ्य उजागर गर्न आग्रह गर्दै सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसिसीबारे भ्रम फैलाएको बताउनुभयो ।
उहाँले संसद्ले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसिसीमै भएकै कुरा उल्लेख भएको स्पष्ट पार्नुभयो । गृहमन्त्री खाँणले आगामी निर्वाचन कांग्रेसले नजित्ने हो भने मुलुक
अँध्यारो युगतर्फ प्रवेश गर्ने बताउँदै भन्नुभयो, “लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि कांग्रेसको जित आवश्यक छ ।”
उहाँले राजनीतिको मूलधार बाहिर रहेका शक्तिलाई पनि संविधान स्वीकार गरेर मूलधारमा आउन आग्रह गर्नुभयो । सरकार त्यस्ता शक्तिसँग
पनि सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले मूलधारमा नआएका शक्तिलाई पनि अहिले राज्यले सुरक्षाको प्रबन्ध गरिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुनै हालतमा सरकारले निषे’ध नगर्ने भन्दै सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनमा कुनै संशोधन आवश्यक भए पनि सरकार त्यसका लागि तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कांग्रेसको नेतृत्वमा मात्रै लोकतन्त्र र संविधानको रक्षा हुने दाबी गर्नुभयो ।
कार्यक्रममा जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय माधव नेपाल र हरिश ढकाललाई पुरस्कृत गरिएको थियो ।
गृहमन्त्री खाँणले जनही रु २५ हजार राशिको पुरस्कार प्रदान गर्नुभयो । त्यस अवसरमा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण,
नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपसभापति हरि लम्साल, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल,
नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसअघि आजै गृहमन्त्री खाँणले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा रहेको शान्ति नमूना माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मूल कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
त्यस अवसरमा गृहमन्त्री खाँणले विद्यालयमा निर्माण भएको १२ कोठे तथा छ कोठे दुई वटा भवन र एचएम ल्याबको उद्घाटन गर्नुभयो ।
नमूना विद्यालय अनुदान सहयोग र आन्तरिक स्रोतबाट ती भवन निर्माण गरिएको हो । यसैगरी मन्त्री खाँणले १६ कोठे भवनको शिलान्यास र विद्यालयको वार्षिक मुखपत्र ‘नानी’को पनि विमोचन गर्नुभएको थियो ।