कुलमान घिसिङ फेरी एक्सानमा : इन्टरनेट कम्पनीलाई दिए यस्तो चे ता व नी, त ना ब मा इन्टरनेट कम्पनी !

काठमाडौं –

इन्टरनेट सेवाप्रदायक र केबल टेलिभिजन कम्पनीहरूले विद्युत प्राधिकरणको पोल प्रयोग गरेबापतको भाडा बुझाउन ढिलाइ गरेको भन्दै प्राधिकरणले फेरि चे’ता’व’नी दिएको छ ।

प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गर्दै अप्टिकल फाइबर भाडामा लिई टेलिफोन, इन्टरनेट तथा केवल टिभी सेवा सञ्चालन

गर्ने सेवा प्रदायकहरूलाई तत्काल बक्यौता बुझाउन प्राधिकरणले सोमबार सूचना जारी गरेको छ । प्राधिकरणले सम्झौतामा नआउने,

सम्झौता नवीकरण नगर्ने तथा बक्यौता बुझाउन आनाकानी गर्ने कम्पनीहरूको फेरि केबल काट्ने चे’ता’व’नी समेत दिएको छ ।

प्राधिकरणले अधिकांश सेवाप्रदायकहरूले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले केबल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूलाई नियमानुसार सम्झौता गर्न तथा नवीकरण गर्न

आनाकानी गरेकाले पुनः सूचना जारी गरिएको जानकारी दिए । ती कम्पनीलाई हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्न

समेत भनिएको प्रवक्ता भट्टराईले बताए । अब प्राधिकरणले बक्यौता नतिर्ने कम्पनीलाई नियमअनुसारको कानुनी का’र’बा’हीको प्रक्रिया समेत अगाडि बढाउने भएको छ ।

प्राधिकरणले गत असोजमा आफूले निर्धारण गरेको पोल भाडा नबुझाउने तथा सम्झौतामा नआउने कम्पनीका केबल काट्ने अभियान सुरु गरेको थियो ।

काठमाडौं, चितवनलगायत स्थानमा सांकेतिक रुपमा केही केबल लाइन काटेर दबाबमूलक अभियान सुरु गरे पनि सर्वत्र वि’रोध भएपछि ऊर्जामन्त्री

पम्फा भुसालको अग्रसरतामा रोकिएको थियो । जसअनुसार पोल भाडा वि’वादलाई दीर्घकालीन समाधान गर्न सञ्चार मन्त्रालयले सहसचिवको

नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो । यद्यपि, प्राधिकरणले तोकेको भाडा महँगो भएको भन्दै व्यवसायी नबुझाउने अडानमा छन् ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...