चीनसँग हिमचिम बढाए नेपाललाई यु क्रे न जस्तै बनाइदिने भारतीय सैन्य अधिकारीको चे ता व नी ! (भिडियोसहित)

काठमाडौँ –

भारतीय सेनाका अवकाशप्राप्त एक जना मेजर जनरलले यु क्रे न मा जारी पछिल्लो घटनाको उदाहरण दिँदै नेपाल र भुटानलाई बेलैमा सोच्न चे ता व नी दिएका छन् ।

भारतीय टेलिभिजन आज तकसँगको कुराकानीमा पूर्व सैन्य अधिकारी विश्वम्भर दयालले नेपाल र भुटालने चीनसँग हिमचिम बढाएमा उनीहरुको

अवस्था पनि अहिलेको यु क्रे न को भन्दा फरक नहुने ध म्की दिएका हुन् । उनले नेपाल र भुटानजस्ता साना छिमेकी राष्ट्रले भारतसँग भाइचाराको

सम्बन्धमा आँच आउने काम गरेमा अहिले रुसले यु क्रे न लाई जुन हालतमा पुर्याइदिएको छ, भारतले पनि उनीहरुलाई त्यस्तै बनाइदिने चे ता व नी दिएका छन् ।

आजतककी पत्रकारले छिमेकी मित्रराष्ट्रहरुलाई ध म्की को भाषा बोलेर विश्वासमा लिन नसकिने प्रसंग उठाउँदा पनि उनले एकोहोरो नेपाल र भुटानको नाम लिँदै यु क्रे न बनाइदिने ध म्की दिएको उक्त टक शोको सानो अंशमा सुन्न सकिन्छ ।

जनआस्थाबाट

यो पनि : यु क्रे न आ क्र म ण का क्रममा रुसी सेनाको कमाण्ड सम्हालिरहेका मेजर जनरल आन्द्रेई सुखोवत्स्कीको युक्रेनी सेनाले गो ली हानी ह त्या गरिदिएका छन्।

रुसको सैन्य सुत्रले डेली मेललाई बताए अनुसार मेजर जनरलमाथि यु क्रे नी स्नाइपरले गो ली हानेका थिए। यु क्रे न को राजधानी किभबाट करिब ४८ किलोमिटर पर उनी मा रि ए का हुन् ।

सुखोवत्स्कीको ह त्या रुसका लागि ग म्भी र बिषय बनेको छ। रूसी सेनाले अहिलेमसम्म आधिकारिकरुपमा  मेजर जनरलको मृ त्यु को पुष्टि भने गरेको छैन। 

उनको अन्तिम संस्कार शनिवार गरिनेछ। सुखोवेत्स्की ४७ वर्षका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...