न्यूरोडबाट १४ वर्षीया बालिकालाई फकाएर……

काठमाडौं –

काठमाडौंको न्यूरोडबाट फकाएर लगेर एकजना युवकले १४ वर्षीया बालिकालाई ब ला त्का र गरेका छन् ।

फागुन १७ मा बालिकालाई ब ला त्का र गरेको आरोपमा महानगरीय अ प रा ध महाशाखाले सिन्धुली घर भएका रोहित विकलाई शुक्रबार प क्रा उ गरेको छ ।

रोहित न्यूरोडस्थित मोबाइल पसलमा काम गर्थे । उनले बालिकालाई फकाएर नयाँ बसपार्कस्थित गेष्ट हाउसमा लगेर ब ला त्का र गरेको प्रारम्भिक

अनुसन्धानबाट थाहा भएको महानगरीय अ प रा ध महाशाखाका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले बताए । सिन्धुलीको तीनथाना गाउँपालिका–३ घर भएका रोहित २२ वर्षका छन् ।

बालिकाका परिवारले उनी वि रु द्ध महानगरीय प्रहरी वृत्त जनसेवामा उजुरी दिएका छन् । थप अनुसन्धानका लागी आरो’पीलाई वृत्त जनसेवामा पठाइएको एसपी कोइरालाले बताए । 

यो पनि : नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । तीनदिने उक्त तालिम शुक्रबारदेखि

नमोबुद्ध नपा–८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो । लैङ्गिक हिं सा न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त तालिममा नगरको

वडा नं १, ७, ८, ९ र १० का पाँच विद्यालयको ४० किशोरी सहभागी भएका छन् । नगरपालिकाको सहयोगमा मण्डनदेउपुर नगरको द माउन्ट एभरेस्ट तेक्वान्दो

डोजाङले सञ्चालन गरेको उक्त तालिम नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले शुभारम्भ गरे । तालिममा कुनै पनि दुव्र्यवहारको प्रश्न उठाउन,

तत्काल प्रतिवा’द गर्न, स्थानीय तह वा प्रहरी सक्षम गएर उजुरी गर्न, वा भौतिकरुपमा प्रति’कारसमेत गर्नसक्ने बनाउने लगायत विषयमा जानकारी दिइने छ ।

यस्तै त्यस्ता घटनको कानूनी व्यवस्थाबारे पनि  जानकारी दिइने छ । नगर प्रमुख तिमल्सिनाले तालिमले हिं सा मुक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यस्तो तालिम अब निरन्तररुपमा सञ्चालन गरिने जानकारी दिए ।

“महिलामैत्री र  बालमैत्री नगर निर्माणका लागि आफूहरुले निर्वाचित भएदेखि नै निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, उनले भने ।

नगर उपप्रमुख रामदेवी तामाङले किशोरी भएदेखि नै लैैङ्गिक हिं सा सुरु हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...