जनताको आक्रमणबाट देउवाको ओठ का टि यो, आँखै अगाडी सहकर्मीको ह त्या

काठमाडौँ –

नेपाली जनताले खासै ख्याल नगरेको एउटा तथ्य सार्वजनिक भएको छ । नेपाली कांग्रेसका सभापति तथा शेरबहादुर देउवाको ओठमा का’टिएको खद छ ।

प्रायले देख्छन् तर त्यसमा धेरैले चासो दिदैनन् । तराईमा पञ्चायतका समर्थक ‘मण्डले’हरूको बिगबिगी भएको देउवाको ओठ का’टिएको थियो ।

नेपाली कांग्रेस संगठन सुदृढीकरण गर्दै लोकतन्त्र स्थापना लागि प्रयासरत भएको बेलामा रुपन्देहीको एउटा गाउँमा उनको ओठ काटिएको हो ।

आजभन्दा झण्डै चार दशकअगाडि आजकै दिन (फागुन २० गते) कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला, हालका

प्रधानमन्त्री शेरबहादुर देउवा, शैलजा आचार्य लगायतका नेताहरु रूपन्देहीको सुरजपुरा पुग्ने कार्यक्रमले कांग्रेस कार्यकर्तामा निकै उत्साह थियो ।

हालको देवदह नगरपालिका वडा नम्बर ३ सुरजपुरास्थित कांग्रेसका तत्कालीन रूपन्देही सभापति पुष्पानन्द गिरीको घरमा सभा राखिएको थियो ।

अन्य ठाउँभन्दा सुरजपुरा पञ्चहरूबाट केही सुरक्षित देखेर कांग्रेसले त्यहाँ कार्यक्रम राखेको थियो । गिरिजाले भाषण शुरू गरेका मात्र थिए, चारैतिरबाट घेरेर सांघा’तिक आ’क्र’म’ण भयो ।

ढुंगा मुढासहित खु’कु’री नचाए । आ’क्र’म’ण भएपछि कांग्रेस कार्यकर्ताहरूको भागाभाग भयो । दर्दना’क घटनामा परेर कांग्रेस रुपन्देहीका तत्कालीन

नेता यादवनाथ आलोक र रामप्रसाद चौधरीको मृ’त्यु भयो । २०० भन्दा धेरै घा’इ’ते भए ।

‘मण्डलेहरू ठूलो गिरी (पुष्पानन्द) र गिरिजाको टाउको छि’नेर लैजाने हो भनेर आएका थिए,’ घटनाका प्रत्यक्षदर्शी भूमा गिरीले भनिन्,

‘हामीले गिरिजा, शेरबहादुर, रामचन्द्र, शैलजालाई घरभित्र आँटीमा लुकाएर राख्यौं । नत्र मण्डलेहरूले सिध्याउँथे ।’

७० वर्षीया भूमाले थपिन्, ‘अहिलेका कांग्रेसका सभापति देउवाको ओठमा चो’ट छ नि ? त्यहीँ सुरजपुरा घटनामा मण्डलेहरूको आ’क्र’म’ण’बाट लागेको चोट हो ।

मण्डलेहरू आउने भन्ने संकेत पाएपछि अरू नेताको भाषण नराखेर गिरिजाको मात्र राखिएको थियो । उहाँ बोल्न थाल्नेबित्तिकै कालो झण्डासहित मण्डलेको जत्थाले घेरिहाल्यो ।’

महिलाहरूले छेकेर राखेकाले नेताहरूलाई बचाउन सम्भव भएको उनी सम्झिन्छिन् ।

‘हामीले गिरिजासहित सबैलाई ढाकेर राखियो । धन्न त्यो समयमा मण्डलेहरूले आइमाई मान्छेलाई छोएनन् र गिरिजासहित कांग्रेसका नेताहरू बाँचे,’ उनले भनिन् ।

गिरिजालाई घरको पहिलो तलामा राखेर ढोकामा भोटे ताल्चा लगाइएको थियो । पुष्पानन्दले गिरिजा लगायतका नेताहरूलाई भित्र लगेका थिए । नेताहरू घरमा आँटी (माथिल्लो तला) थिए, तलबाट घरमा आगो लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...