चितवन –
चितवनको भरतपुर महानगरपालिका–६ जयनेपालचोकमा बिहीबार राति ट्रयाक्टरको ठ’क्करबाट ट्राफिक प्रहरीको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरिक्षक अर्जुन पौडेल रहेका छन् ।
पौडेलको घटनास्थलमै मृ त्यु भएको हो । बिहीबार राति ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्रयाक्टरले विपरि’त दिशाबाट
आइरहेको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठ’क्क’र दिएको थियो । मोटरसाइकल पौडेलले चलाएका थिए । ट्रयाक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ ।
यो पनि : अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएर नेपाल आयल निगम घाटामा गएसँगै कर्मचारीलाई दिँदै आएको सुविधा कटौ’ती भएको छ।
निगमनले लुगा धुने भत्ता शीर्षकको रकम कटौती गरेको छ। इन्डियन आयल निगम(आईओसी)बाट आएको मूल्य अनुसार निगमलाई १५ दिनमै
करिब साढे दुई अर्ब रुपैयाँ घाटा हुने भए पछि हरेक कर्मचारीले लुगा धुने भत्ता बापतको भत्ता नदिने निर्णय गरेको हो। निगमले हरेक कर्मचारीलाई कार्यालयमा
उपस्थित भएका दिनको लुगाधुने भत्ता बापत प्रतिदिन १५ रुपैयाँ दिँदै आएको थियो। निगममा करिब सात सय ५० कर्मचारी रहेका छन्।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च गतिमा वृद्धि भए पछि निगम घाटामा गएको छ। पेट्रोल, डिजेलको मूल्य लिटरमा पाँच रुपैयाँ बढाउने निर्णय गरेको
निगमले कर्मचारीको पनि उत्तरदायित्व देखाउनका लागि लुगाधुने भत्तामा कटौती गरेको हो। निगमका कर्मचारीले विभिन्न शीर्षकमा अन्य भत्ता पनि लिने गरेका छन्।
यातायात भत्ता, जोखिम भत्ता, घर रंगरोगन भत्ता, खाजा भत्ता, औषधि उपचार खर्च, पोशाक भत्ता पाउने व्यवस्था छ। निगमले पेट्रोल पम्प सञ्चालकलाई दिँदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको छ।
पेट्रोल पम्प सञ्चालकले मूल्यका आधारमा प्रतिशतमा कमिसन पाउँदै आएका थिए। निगमले पेट्रोलियम व्यवसायीलाई कमिसन बापत प्रति लिटर पेट्रोलको बिक्री मूल्यको ३.३९ प्रतिशत,
डिजेलको बिक्री मूल्यको ३.१२ प्रतिशत रकम दिँदै आएको थियो। त्यसका अतिरिक्त श्रृङ्केज तथा वर्किङ लस बापत पेट्रोलको ०.८८ प्रतिशत र डिजेलको ०.६० प्रतिशत दिँदै आएको थियो।
मूल्य वृद्धि भएको आधारमा अहिलेसम्म पाउँदै आएको भन्दा धेरै नपाउने निर्णय गरे पछि व्यवसायी आन्दोलित भएका छन्। गत वर्षदेखि पेट्रोल र डिजेल बिक्री गर्ने पम्पले प्रतिशतका आधारमा कमिसन पाउने व्यवस्था लागू भएको छ।
जसकारण पेट्रोल डिजेलको मूल्य बढ्दा व्यवसायीको कमिसन बढ्ने र मूल्य घट्दा व्यवसायीको कमिसन पनि घट्ने गरेको थियो।
निगम सञ्चालक समितिले कसिमन वृद्धि नहुने निर्णय गरेसँगै व्यवसायी आन्दोलित भएका छन्। व्यवसायीले शुक्रबार नेपाल आयल निगमका इन्धन डिपोबाट लोड लिएका छैनन्।