माग्ने भन्नेलाई गगनले दिए यस्तो कडा जवाफ, सबै चकित !

काठमाडौं –

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘विदेशी राष्ट्रसँग अनुदान मागेर देश चल्छ’ भन्नेहरुका छोराछोरी अमेरिका गइसकेको बताएका छन् ।

शुक्रबार कास्कीमा कांग्रेसद्वारा आयोजित कार्यक्रममा महामन्त्री थापाले ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अमेरिका गइसकेको’ जवाफ दिएका हुन् ।

गत फागुन गते बसेको संघीय संसद्को रोष्टममा उभिएर थापाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) व्याख्यात्मक

घोषणसहित पारित गर्नुअघि उनले आफ्नो विचार प्रस्तुत गर्दा अमेरिकालगायत जुनसुकै देशले अनुदान दिए पनि स्वीकार गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिपछि विदेशी राष्ट्रबाट मागेर नेपाल चल्छ भन्दै थापाको चौतर्फी आलोचना गरिएको थियो। शुक्रबार यसतर्फ संकेत गर्दै थापाले ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अमेरिका गइसकेको’ बताए ।

उनले भने, ‘मुठ्ठी कस्दै एउटा मण्डले आएर गफ दिन्छ–मागेर देश चल्छ ? मागेर अस्पताल बनाउने रु गिरिजाबाबुले माले, मण्डले र मसाले एकै हुन् त्यसै भनेको होइन। उनीहरू उत्तेजनाको राजनीति गर्छन्।’

कांग्रेसका नेताहरूको खुबी कसैलाई कुनै विषयमा उचाल्ने भन्दा पनि सबैलाई मिलाएर लैजाने भएको थापाको भनाइ थियो। कुनै पार्टीसँग तालमेल भए पनि अरूभन्दा कांग्रेस फरक भएको उनको जिकीर थियो।

यो पनि : नेकपा माओवादी केन्द्रका तीन नेताहरुले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे तल्लो कमिटी छलफल लैजानुपर्ने माग गर्दै ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले शुक्रबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा लिखित प्रस्ताव राख्दै तल्लो तहसम्म छलफल लैजानु पर्ने माग गरेका हुन् ।

उनीहरुको प्रस्तावमा व्याख्यात्मक घोषणाको प्रस्ताव पार्टी विधिअनुसार नआएको, एमसीसी राष्ट्रिय हितविपरीत भएको, इन्डो-प्यासिफिक स्ट्राटेजीको अंग भएको दाबी छ ।

‘एमसीसी राष्ट्रहितअनुसार छैन । यस विषयमा तल्लो कमिटीतर्फ लगेर छलफल गर्नुपर्छ,’ एक स्थायी कमिटीका सदस्यले भने, ‘पार्टी एकतालाई जोगाइराख्नका लागि विषयमा सबै नेताहरुले ध्यान दिनुपर्छ ।’

शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए । दाहालले बाध्यात्मक अवस्थामा एमसीसी

अनुमोदन गर्नु परेको बताएका थिए । श्रेष्ठले एमसीसीमा आफ्नो फरकमत रहेको तर पार्टीलाई एक बनाएर लैजानुपर्ने पक्षमा रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...