यस्तो कार्य गरेको भन्दै १६ वटा युट्‍युव च्यानललाई का र बा ही गर्न सिफारिस (हेर्नुहोस सुचिसहित)

काठमाडौं –

प्रेस काउन्सिल नेपालले १६ वटा युट्‍युव च्यानलाई अनुसन्धान गरी का’रबा’हीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेको छ ।

शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडिया अन्तर्गत आवद्ध नभएका १६ वटा च्याननलाई का’रबा’हीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ हालसम्‍म विभिन्‍न सञ्चारमाध्‍यमबाट सम्प्रेषित सामग्री अध्‍ययन गर्दा सार्वजनिक अप’रा’धसँग जोडिएका व्‍यक्ति तथा पीडितहरुको

पक्ष/विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा सत्‍यतथ्य छानबिन लगायत समग्र न्‍यायिक प्रक्रियामा असर पर्न जाने, पी’डि’त व्‍यक्तिलाई नका’रात्मक असर पर्ने थप पीडा हुने देखिन्छ ।

जुन कार्यबाट पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ५(११), ५(४) र ४ (९)को ठाडो उल्लं’घन भएको छ ।

यी हुन् का’रबा’हीका लागि सिफारिसमा परेका युट्युव च्यानलहरु

१. टिसिने नेपाल
२. सुपर अनलाइन

३. ए वान समाचार
४. मिडिया ताजा खबर

५. नेपाली मन मिडिया
६. पुमा गौरव राई

७. नौलो शुभ अनलाइन
८. नयाँ खोज नेपाल

९. लक्ष्मण म्युजिक मिडिया
१०. अर्घाखाँची मिडिया

११. विशाल नेपाल
१२. मुन अफ नेपाल

१३. डिएमजी नेपाल
१४. नेपाली माटो

१५. समर्पित प्रकाश
१६. राताेपाटी मिडिया (नाेट: राताेपाटी डटकमकाे युटुव हाेइन)

यो पनि : अभिनेता पल शाहलाई एक किशोरीले इच्छा विप’रित कर णी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि सामाजिक सञ्जालमा पक्ष विपक्षमा धारणा सार्वजनिक भएका छन् ।

घटनासंग कुनै साइनो नभएकाहरु पनि किशोरी र पलका पक्ष विपक्षमा उत्रिएका छन् । मनगढन्ते कुरा गर्दै समाजमा उत्तेजना फैलाउने काममा सकृय भएको देखिन्छ ।

अब त्यसरी अरुको चरित्र माथि धावा बोल्दै जथाभावी रुपमा टिकटक, युट्युव लगायत सामाजिक सञ्जालमा अभिब्यक्ति दिनेहरुलाई कारवा’ही हुने भएको छ ।

प्रहरीले सामाजिक सञ्जाल मार्फत पिडितको गोपनीयताको हनन् नगर्न आग्रह गरेको छ। नायिका रेखा थापाले प्रहरीको साइबर ब्युरोमा एक जना युट्युवर विरु’द्ध उजुरी दिइसकेकी छन् ।

प्रहरीले सो घटनामा अनुसन्धान सुरु गरिसकेको छ । पछिल्लो केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दु’रुपयोग गरी युट्युब, टिकटक जस्ता

सामाजिक सञ्जालमा ग’म्भीर प्रकृतिको घटनाको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यले राखिएका भनाइहरु कानुन विपरित भएको प्रहरीले जनाएको छ।

हाल चर्चामा रहेको पल शाह प्रकरणमा पीडित किशोरीको परिचय सार्वजनिक भइरहेको, पीडित र पीडक भनिएका अभियुक्तको

चरित्रमा धावा बोल्ने खालका भ्रा’मक सामग्रीहरु सामाजिक सञ्जालमा भाइरल भइरहको अवस्थामा प्रहरीले यो विज्ञप्ति निकालेको हो।

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भ्रा’मक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा

उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने, पीडितको गोपनीयता हक हनन् गर्ने जस्ता कार्य विद्युतीय कारोवार ऐन विपरीत रहेको बताएको छ।

पीडितको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका प्रवृति देखिएमा विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७

अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारवा’ही हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै ब्यूरोले यस्ता गतिविधि नगर्न समेत आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...