प्रचण्डले यसरी खुलाए यस्तो भित्रि रहस्य, यदि एमसीसी पास नगरेको भए……..

काठमाडौं – 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू वि रु द्ध का मुद्दाहरु व्युँतिने ख त रा रहेको बताएका छन्। राष्ट्रियसभा गृहमा

आजदेखि भइरहेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले एमसीसी अनुमोदन नगरेको भए सशस्त्र ज न यु द्ध का बेला लागेका मु द्दा हरु व्युँतिने खतरा रहेको बताए।

‘अमेरिका धेरै शक्तिशाली राष्ट्र हो। अमेरिकासँग ल’ड्ने स्रोत साधन हामीसँग छैन। शान्ति प्रक्रियाको कार्यभार अझै पूरा भइसकेको अवस्था छैन।

यस्तो बेला एमसीसीलाई अस्वीकार गर्दा हामीमाथि लागाइएका मु’द्दाहरु व्युँ’तिने ख’त’रा थियो,’ ब्रिफिङका क्रममा उनले भने।

एमसीसी अनुमोदन नगरेको भए अमेरिकाले माओवादीलाई धुलोपिठो बनाउने प्रचण्डले बताए। ‘मैमाथि १८-१९ मु’द्दाहरु छन्। अन्य कमरेडहरु

वि’रु’द्ध पनि मुद्दाहरु छन्। एमसीसी अनुमोदन नगरेको स्थितिमा तिनै मु’द्दा व्युँताएर हामीलाई धुलोपिठो बनाइन्थ्यो,’ उनले भने।

प्रचण्डको अभिव्यक्तिलाई नारायकाणजी श्रेष्ठ समूहले ‘मनोवैज्ञानिक भ्र म’ फैलाएको आ’रो’प लगाए। ‘प्रचण्डले एमसीसीको बचाउ गर्न

मनोवैज्ञानिक ट्रिट गर्नुभएको छ। उहाँले एमसीसी सम्झौतामा स्पष्ट धारणा सार्वजनिक गर्न सक्नुभएन,’ श्रेष्ठ समूहका एक नेताले भने।

प्रचण्डले एमसीसीबारे एक घन्टा ब्रिफिङ गरेका थिए। माओवादी केन्द्रका नेतृ ओनसरी घर्तिमगरले एमसीसी सम्झौतामा १२ बुँदे व्याख्यात्मक घोषणा सही भएको बताइन्।

‘एमसीसी सम्झौतामा १२ बुँदे व्याख्यात्मक टिप्पणी सही छ। पार्टीको निर्णयलाई सबैले स्वीकार गर्नुपर्छ,’ उनले भनिन्। उनले पार्टीभित्र मत भिन्नता हुने र फरक मतलाई सम्मानसहित निष्कर्षमा पुर्‍याउने दाबी गरिन्।

‘एमसीसीमा नारायणकाजी श्रेष्ठको मात्र होइन, अन्य कमरेडहरुको पनि फरक मत रहेको छ। सबैको फरक मतलाई सम्मान गर्दे बैठकले निष्कर्ष निकाल्छ,’ उनले भनिन्।

यो पनि : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको प्रकरणमा उत्तेजनाको राजनीति चलेको बताएका छन्।

कम्युनिस्टहरु धेरै भएको देशमा उत्तेजनाको राजनीतिको दोकान चलेकोको भन्दै त्यसैलाई चलाएको चलाई गरेको उनले आ’रोप लगाए।

महामन्त्री थापा शुक्रबार पोखरामा नेपाली कांग्रेस मादी गाउँपालिका समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थिए ।

आवश्यकताले मात्रै गठबन्धन बनेको थापाले बताए । ‘यो गबन्धनको काम चुनाव गराउने काम हो,’ उनले भने, ‘चुनावमा मिल्छौं कि मिल्दैनौं, त्यो अर्कै विषय हो ।’

२०५६ सालमा एमाले महासचिव माधव नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले मिलेर सरकार बनाए पनि चुनावमा छुट्टाछुट्टै गएको थापाले स्मरण गराए ।

‘अहिले नेपाली कांग्रेस, माओवादी र समाजवादी मिलेर गठबन्धन बनाउनुपर्ने आवश्यकता भयो, किन कि संविधान जोगाउन गठबन्धन चाहियो, पद्धति जोगाउनका लागि चाहियो,’ उनले भने, ‘नत्र एउटा दुर्घटना हुने भयो ।’ 

अब यो गठबन्धनले वैशाख ३० गते चुनाव गराउनुपर्ने थापाले बताए । ‘कोही कतै नअल्मिलिनुहोला, वैशाख ३० गते स्थानीय निर्वाचन हुन्छ,’ उनले भने, ‘कांग्रेसले चुनाव गराउँछ, किन कि संविधानले हामीलाई त्यही मार्ग निर्देशन गरेको छ ।’

संसदको चुनाव भने मंसिरमा वा त्योभन्दा पहिला पनि हुनसक्ने उनको भनाइ थियो ।  अब जनताको बीचमा जाँदै गर्दा एउटा अपिल र अनुरोध लिएर जानुपर्नेमा महामन्त्री थापाले जोड दिए ।

‘चेतनाको राजनीतिको पक्षमा हो कि, उत्तेजनाको राजनीतिको पक्षमा हो ?’उनले भने ,’ नेपालमा उत्तेजनाको राजनीति गर्नेहरुको दोकान चल्यो,

कहिले अरुणको बेलामा चल्यो, कहिले भारतको विरु’द्धमा सुरुङ यु द्ध गरौं भनेर चल्यो । एमसीसीको प्रकरणमा भएको यही नै हो ।’

नेपालका सबै राजनीतिक दलका नेताहरुले एमसीसीको प्रक्रिया अघि बढाएको महामन्त्री थापाले बताए । ‘राष्ट्रघा’ती सम्झौता छ भन्नेले यति पनि इमान राखेन कि सम्झौता मैले नै गरेर आएको हुँ, त्यो बनाएको मैले नै हो,

मैले गर्दा खेरी केही त्रु’टि कमजोरी भयो भनेर भनेको भए स्वीकारेछ भन्नुहुन्थ्यो,’ उनले भने, ‘उल्ले ढाँटयो, ठग्यो, लुकायो, उल्ले भनेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...