काठमाडौं –
अमेरिकी सहयोग परियोजना एमसीसीका कारण नेपाल स्थित चिनियाँ राजदुत होउ यान्छीलाई अहिलेसम्मकै ठुलो झ’ड्का लागेको छ । एमसीसीक कारण उनको नि’दहराम भएको हो ।
प्रतिनिधिसभाले एमसीसी अनुमोदन गर्नु अघिल्लो दिनसम्म पनि यान्छीको सक्रियता कम थिएन । तर, अहिले उनी एकाएक ‘भुमिगत’ भएकी छिन् ।
नेपालमा एमसीसी अनुमोदन गर्ने नगर्ने भन्ने तिव्र बहस र छलफल चलिरहेको बेला यान्छीको सक्रियता निकै बढेको थियो । उनी एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादीका नेताहरुसँग नियमित सम्पर्कमा थिइन् ।
कतिसम्म भने त्यहि बेला उनले चिनियाँ कम्युनिसट पार्टीका प्रभावशाली नेताहरुको एमाले अध्यक्ष केप ी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भिडियो कन्फ्रेन्स समेत गराइन् ।
एमसीसीलाई असफल बनाउनकै लागि त्यो हथक’ण्डा प्रयोग गरिएको हो भन्ने सबैले बझेकै थिए ।
यान्छीले माओवादीका नारायणकाजी श्रेष्ठ,एकीकृत समाजवादीका झलनाथ खनाल, एमाले नेता भीम रावलको पनि भरपुर उपयोग गरेकी थिइन् ।
एमसीसी पास भयो भने अमेरिकी सेना नेपाल आउँछ भन्ने जस्ता कुप्रचार भएको थियो । अािर्थक सहयोगलाई पनि संसदले अनुमोदन गर्न मिल्छ भन्दै नेपाली कम्युनिष्ट नेताको दिमाग भुट्न थालेको चीन अहिले चुप छ ।
चिनियाँ विदेश मन्त्रालयले एमसीसी अनुमोदन भएपछि नोटेड गरेको प्रतिक्रिया दिएको छ । यता, काठमाडौंमा रहेकी होउ यान्छी भने भुमिगत छिन् । उनको सक्रियता कतै पनि देखिन्न ।
चीनले लामो समयदेखि नेपालमा अघोषित नाकाब’न्दी लगाएको बिषयमा सम्पुर्ण नेपाली जानकार छन् । त्यसमा पनि हुम्लामा चिनले नेपाली भुमि मिचेको चर्चा चलेपछि त चिनियाँहरुको मुकुन्डो उत्रिएको छ ।
त्यही भएर अचेल चीनले नेपालका कम्युनिस्ट नेताहरुको भर गर्न नहुने निष्कर्षमा पुगेको बताइन्छ ।
यो पनि : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी सहयाेग एमसीसीबारेकाे व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्र’म भएको बताउनुभएकाे छ ।
प्रेस चौतारी कैलालीले आज बिहीवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरेकाे बताउनुभएकाे हाे ।
‘व्याख्यात्मक घोषणा सरकारको लाज जोगाउने प्रयास मात्रै हो । जे छ त्यही कुरा स्पष्ट पारिएको हो, संशोधन गरिएको होइन ।
कार्यकर्ताहरूलाई भ्रम सिर्जना सृजना गरिएको छ’, उहाँले भन्नुभयाे, ‘हाम्रो संविधान र कानुनले त्याे व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन ।’
कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरिएको भन्दै पाेखरेलले व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको बताउनुभयाे ।
यस्तै उहाँले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाउनुभयाे । ‘सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो, त्यो पूरा भएको छ’,
पाेखरेलले भन्नुभयाे, ‘टेबल गर्नुपरे आत्महत्या गर्छु भन्नु भएको थियो, अहिले राजनीतिक पूर्वाग्रही भएको पुष्टि भएको छ ।’