काठमाडौं –
उमेर नपुगेकी किशोरीमाथि ज ब र्ज स्ती क र णी को अभियो’गमा नायक पल शाह न्यायिक हिरा’सतमा छन्। जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासीमा छुट्टाछुट्टै मु द्दा दर्ता भएको छ।
तनहुँमा प्रहरी अनुसन्धान जारी छ। शाहको मु द्दा मा जनमत विभाजित छ। समर्थकको केही समूह पलको पक्षमा तनहुँ प्रहरी परिसरमा अनुसन्धानमै असर पर्नेगरी ना’राबा’जी र हुलहुज्जत गर्नमा लागिपरेको छ।
क’सुर गरे स’जा’यँ र नगरे सफाइको कानुनी व्ययवस्था हुँदाहुँदै समर्थकहरु भने शाह नियन्त्रणमा परेदेखि तनहुँ पुगेका छन्। समर्थकलाई पछ्याएका छन् युट्युब पत्रकारिता गर्नेहरुले।
पत्रकारिता भनेर उनीहरुले जनमत विभाजित पार्ने, अनुसन्धान प्रभावित पार्ने खालले सामग्री उत्पादन गरिरहेका छन् । एकपक्ष रुपमा पलका समर्थकको
आ क्रो श र पी’डि’त पक्षको दोहोलो काड्ने गरी प्रसारित भइरहेका सामग्रीले न्याय सम्पादनको प्रक्रिया पूरा नहुँदै समाजले स्वघोषित फैसला सुनाउने अवस्था सिर्जना भएको छ।
युट्युबर र सामाजिक अभियन्ताका नाममा उनको बचाउमा अभियान नै छेडिएको छ। उनलाई पछ्याउँदै काठमाडौंको अनामनगरमा ‘पल शाहलाई न्याय दे’ अभियान नै चल्यो।
उनीहरूले ‘पल शाहलाई रिहा गर’, ‘दुर्गेश थापा मुर्दावाद’ जस्ता नारा लगाएका थिए। एकातिर अभियुक्तको पक्षमा अभियान र अर्कोतिर पीडितलाई कमजोर
पार्न खोजेको आक्रोशले समाज विभाजित भइरहँदा अनुसन्धान पक्ष प्रभावित हुन्छ कि चिन्ता पनि छ। अधिवक्ता ऋषिराम शर्मा विचाराधीन विषयमा अनुसन्धान प्रभावित गर्ने खालका गतिविधि गर्न नहुने बताउँछन्।
उनले भने, ‘मु द्दा प्रभा’वित हुने गरी हुलहुज्जत गरेमा अवहेलनासम्म हुन्छ। न्याय प्रक्रियालाई प्रभाव पार्ने गरी मिडिया ट्रायल गर्न मिल्दैन।
यसले अनुसन्धान तहकिकात विधि पद्धती, मूल्य, मान्यता, निष्पक्षता हुँदैन। काम नै गर्न पाउँदैन। स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ। बाहिर किन बोल्नुपर्यो? यो न्यायीक मूल्य र मान्यता विपरीत हुन्छ।’
अनुसन्धान गरिरहेको नेपाल प्रहरीले बाहिर भइरहेका गतिविधिलाई नजरअन्दाज गरेर अघि बढेको बताउँछ। केन्द्रीय प्रहरी प्रवक्ता
एसएसपी विष्णुकुमार केसी अनुसन्धान भइरहेको विषयमा मुद्दा प्रभावित गर्ने गरी क्रियाकलाप गरेको ठहर भएमा कानुनबमोजिम का’रबा’ही हुने गरिने बताउँछन्।
उनले भने, ‘पल शाहमाथि अनुसन्धान भइरहेको छ। प्रहरी कार्यालयभित्र जानलाई कडाई गरिएको छ, अनुमति दिइएको छैन। बाहिरको हुलबाट हामी प्रभावित हुँदैनौं।’
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले आफूहरु अनुसन्धानबाट विचलित नहुने बताए। उनले कोही कसैले अनुसन्धान प्रभावित पार्न नसक्ने प्रस्ट्याए।
के छ कानुन ?
अ प रा ध संहिता २०७४ को दफा ७० मा झु ट्टा अफवाह फैलाउन नहुने प्रावधान छ। कसैले सार्वजनिक शान्ति भंग गर्ने, हुलदं’गा गर्ने वा नेपालको सार्वभौमसत्ता,
भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए/नगरेको अफवाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न नहुने उल्लेख छ ।
दफा ७० को उपदफा (१) मा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कै द वा १० हजार रुपैयाँसम्म ज रि वा ना वा दुवै सजा’य हुने व्यवस्था छ ।
पल शाहको पक्षबाट बहस गरिरहेका अधिवक्ता बीबी विष्ट स्वयं बाहिरको हुलहुज्जतबाट परेशान छन्। उनी कुनै पनि भीडभाड नगर्न,
कानून बर्जित कुनै कुरा नगर्न आग्रह गरिरहेका छन्। तर सामाजिक सञ्जालका न्यायाधीश र सामाजिक अभियन्ता एकपक्षीय र्यारेटिभ स्थापित गर्न उद्धत छन्।