काठमाडौं –
प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टेलिफोनमा कुराकानी गरेका छन् ।
मंगलबार राति प्रधानमन्त्री देउवासँग एन्टोनीले फोनमा कुराकानी गरेका हुन् । कुराकानीका क्रममा यु क्रे न माथि रुसको आ क्र म ण लाई सँगै वि रो ध
गर्नुको साथै आर्थिक विकास र क्षेत्रीय चु नौ ती हरूमा मिलेर अघि बढ्ने प्रतिबद्धता गरिएको छ । एन्टोनीले रुसको अप्रत्याशित आ क्र म ण र यु क्रे न को
सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको अमेरिकाको समर्थनबारे नेपालका प्रधानमन्त्री देउवासँग कुराकानी भएको आफ्नो ट्विटरमा उल्लेख गरेका छन् ।
मन्त्री एन्टोनीले प्रधानमन्त्री देउवासँग आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा सँगै मिलेर काम गर्न जारी राख्ने विषयमा छलफल भएको पनि प्रस्ट पारेका छन् ।
एमसीसी संसदबाट पारित भएको दुई दिनपछि अमेरिकी विदेश मन्त्री एन्टोनीले प्रधानमन्त्री देउवासँग परामर्श गरेका छन् ।
अमेरिकाले एमसीसीमार्फत नेपालको ऊर्जा र सडक पूर्वाधारका लागि आएको ५०० मिलियन अमेरिकी डलर दिन लागेको छ ।
नेपाल सरकारले फागुन १२ मै यु क्रे न माथि रुसी आ क्र म ण को आफ्नो स्पष्ट धारणा ल्याइसकेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालले यु क्रे न माथि रुसले गरेको सैन्य का’रबा’हीको वि’रो’ध गरेको थियो ।
रुसले यु क्रे न माथि सैन्य आ क्र म ण सुरु गरेपछि विज्ञप्ति जारी गर्दै कुनै पनि अवस्थामा एउटा सर्वभौम राष्ट्र वि रु द्ध गरिने शक्ति प्रयोगको विपक्षमा नेपाल रहने जनाएको थियो ।
‘नेपाल कुनै पनि सार्वभौम देशको वि रु द्ध कुनै पनि परिस्थितिमा गरिने शक्ति प्रयोग वि रु द्ध मा छ र कूटनीति र संवादको माध्यमबाट वि वा द को शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ,’ विज्ञप्तिमा भनिएको थियो ।
नेपाल सरकार संयुक्त राष्ट्र संघको महासन्धिविपरीत यु क्रे न को दोनेत्स्क र लुहाँस्क क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिएको बताएको थियो । नेपालले बुधबार संयुक्त राष्ट्र संघमा रुस वि रु द्ध भोट हालेको थियो ।
संयुक्त राष्ट्र संघका लागि न्यूर्योकस्थित नेपालका नियोग प्रमुख अमृतकुमार राईले पनि यु क्रे न माथि रुसको आ क्र म ण लाई लिएर नेपालको धारणा राख्दै त्यसको वि रो ध गरेका छन् ।
महासभाको आपत्कालीन सत्रलाई सम्धोन गर्दै राईले वार्तामार्फत नै दीर्घकालीन राजनीतिक समाधान खोज्न रुस र यु क्रे न लाई आग्रह गरेका छन् ।
यो पनि : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पास गरेपछि विश्वमाझ नेपालको विश्वसनीयता बढेको बताएका छन्।
सरकारी निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकमा देउवाले यसो भनेका हुन्। बैठकपछि बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन्।
देउवाले आजको बैठकमा संसदबाट एमसीसी पारित गर्न सघाएको भन्दै गठबन्धनका सदस्य दलहरुलाई पनि धन्यवाद दिएका कार्कीले बताएका छन्।
सभापति देउवाले गठबन्धनसम्वद्ध सबै पार्टीमा रहेको अप्ठ्यारो र तनावका बावजुद एमसीसी अनुमोदन हुन सकेकोमा खुसी व्यक्त गरेका छन्।
बैठकपछि बोल्दै मन्त्री कार्कीले एमसीसी अनुमोदनपछि गठबन्धन झनै बलियो भएकाले अझै अगाडि बढ्ने बताएका छन्।
‘एमसीसी अनुमोदनपछि नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता बढेको छ। एमसीसी अन्तर्गतको परियोजना पाँच वर्षमै सकेर बजेट फिर्ता जान नदिन हामी एक ठाउँमा उभिन्छौँ’,
उनले भने, ‘एमसीसी अन्तर्गत ३१५ किलोमिटर लामो विद्युत् ट्रान्समिसन लाइन बन्छ। त्यस्तै अन्तर्राष्ट्रियस्तरको सडक पनि बन्छ। यसलाई हामी मेलम्ची खानेपानी जस्तो ३० वर्षसम्म जान दिँदैनौँ।’