विप्लव मैदानमा उत्रिएर चाले यस्तो कडा कदम, एमाले र माओवादीमा गयो भु क म्प !

काठमाडौं –

नेकपा एमालेका नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ। बिहीबार बिहान नेता रावलको निवासमा उनीहरुबीच भेटघाट भएको हो।

महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथमा लिएर नेता रावललाई भेट्न गएका हुन्। भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।

यसमा रावलले पनि सकारात्मक जवाफ दिएको सचिवालयको भनाइ छ। विप्लवले बुधबार माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका नेता झलनाथ खनाल लगायतलाई समेत भेटेका थिए।

यो पनि : प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित गरेको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) भित्र

नेता नारायणकाजी श्रेष्ठको अस’न्तुष्टि बढेपछि उनले आफू पक्षधर केन्द्रीय सदस्यहरूको दुई दिनदेखि आन्तरिक बैठक गरिरहेका छन् ।

सोही विषयलाई लिएर श्रेष्ठले नयाँ पार्टी गठन गर्ने कि माओवादीभित्र अन्तरसंघ’र्ष गरेर जाने भन्ने विषयमा आफू पक्षधर केन्द्रीय सदस्यहरूसँग निरन्तर छलफल गर्दै आएका छन् ।

श्रेष्ठ पक्षका केन्द्रीय सदस्यहरूको हात्तीवनस्थित उनको निवासमा बिहीबार भेला चलिरहेको छ । दुई दिनदेखि श्रेष्ठले आफू पक्षधर केन्द्रीय सदस्यहरूसँग भेला गरिरहेका हुन् ।

श्रेष्ठ निकट माओवादीका एक केन्द्रीय सदस्यका अनुसार शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा जाने कि नजाने ? केन्द्रीय

समितिमा जाँदा पार्टी सुधारका लागि कस्तो आफू पक्षबाट लिने दस्तावेज लिने भन्ने विषयमा श्रेष्ठ पक्षधरको छलफल भइरहेको छ ।

श्रेष्ठ पक्षका नेताहरूले भेलामा अध्यक्ष दाहालले एकलौटी निर्णय लिँदै गएको भन्दै नयाँ पार्टी गठन गर्नेसम्मको सुझाव आएका ती केन्द्रीय सदस्यले बताए ।

‘अध्यक्षले त्यसो भनिसकेपछि देशव्यापी रूपमा के हो कुरा ? भनेर चासो व्यक्त भइरहेका छन् । अध्यक्षले भित्रैदेखि भनेको हो र नयाँ पार्टी गठन गरेर जानुस् भन्ने नै उहाँको कुरा हो भने हे’पिएर बस्ने भन्ने कुरा हुँदैन,’ श्रेष्ठ निकट एक नेताले भने ।

पार्टीमा छलफल हुनु सामान्य भएको र पछिल्लो समय अध्यक्षको अभिव्यक्तिले अलि असहज भएको श्रेष्ठ पक्षका माओवादी केन्द्रीय सदस्य प्रकाश पोखरेलले बताए । ‘हामी छलफलको प्रक्रियामा छौं ।

हाम्रो पार्टी विभाजन गर्ने र फुटाउने कुरा होइन । राष्ट्रिय स्वाधीनताको कुरा सार्वजनिक रूपमा उठाउन पाउने व्यक्तिको कुरा हो ।

यो कुरा सार्वजनिक गरेबापत अध्यक्षले पार्टीबाट गएपनि हुन्छ, वामदेवको जस्तो हालत हुन्छ भनेकाले समया भएको हो,’ उनले भने, ‘अध्यक्षले कस्तो भूमिका निर्वाह गर्नुहुन्छ त्यसमा पार्टी एकता सुनिश्चित हुन्छ ।’

पार्टी केन्द्रीय समिति बैठकमा जाने कि नजाने भन्ने विषयमा छलफल चलेपनि शुक्रबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा जाने पक्षमा श्रेष्ठ छन् ।

पार्टी व्यक्तिको नभएकाले अध्यक्षको अभिव्यक्ति र एमसीसी पारित गर्ने विषयमा पार्टीले लिएको निर्णयबारे त्यहाँ छलफल गर्ने उनी निकट नेताहरूले बताएका छन् ।

माओवादीका श्रेष्ठ पक्षका नेताहरूले बिहीबार पनि छलफल राखेको जानकारी दिएका छन् । अध्यक्ष दाहालले सोमबार पत्रकार सम्मेलनमा श्रेष्ठले एमसीसीबारे पार्टी निर्णयविरु’द्ध सार्वजनिक रूपमा बोलेकोमा आप’त्ति जनाएका थिए ।

आन्तरिक बैठकमा छलफल गर्ने तर बाहिर निर्णयविरु’द्ध अभिव्यक्ति नदिन भनेपनि श्रेष्ठले त्यो नमानेको भन्दै अध्यक्ष दाहालको आप’त्ति थियो ।

बिहीबार बिहान श्रेष्ठले अध्यक्ष दाहाललाई खुमलटारमा भेटेका छन् । त्यहाँ केन्द्रीय समितिमा कसरी जाने र अध्यक्षले दिएको अभिव्यक्तिबारे छलफल भएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

खुमलटारको भेटपछि श्रेष्ठलाई लिएर दाहाल सत्तारुढ गठबन्धनको बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटर गएका छन् । ‘अध्यक्षले तपाईं नगइ हुँदैन । हामी दुवै सत्ता गठबन्धनको बैठकमा जानुपर्छ भनेर लिएर जानुभएको हो,’ श्रेष्ठको सचिवालयका एक सदस्यले भने ।

पार्टीमा असन्तुष्ट श्रेष्ठलाई भेट्न बुधबार साँझ वर्षमान पुन हात्तीवन पुगेका थिए । उक्त भेटमा पार्टी एकताबद्ध बनाएर लैजानुपर्ने विषयमा छलफल भएको बताइएको छ ।

श्रेष्ठविरु’द्ध अभिव्यक्ति दिएको भोलिपल्ट मंगलबार अध्यक्ष दाहाल नै हात्तीवन पुगेर छलफल गरेका थिए । जहाँ उनले पार्टी छोडेर

जानुस् भन्ने आफ्नो आशय नरहेको र एकताबद्ध भएर जानुपर्छ भनेका थिए । श्रेष्ठले भने किन त्यस्तो अभिव्यक्ति आएको हो भन्ने जिज्ञासा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...