रहेनन चर्चित ब्यक्ती ! भक्तपुरको आफ्नै निवासमा नि ध न

काठमाडौं –

साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल) को नि ध न भएको छ। विसं २०३२ मा पाल्पामा जन्मेका उनको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा नि ध न भएको हो।

केही वर्षदेखि दुवै मिर्गौलामा सम’स्या आएपछि डायलासिस गराउँदै आएका पाल्पालीलाई पछिल्लो समय को रो ना सं क्र म ण समेत भएको थियो।

केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं साहित्यकार पत्रकार रेणुका भट्टराईले जानकारी दिइन्।

उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पाल्पाली पत्रकारितामा पनि सक्रिय थिए।

उनी कानुन व्यवसायी समेत थिए। पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती छन्।

यो पनि : गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ। बुधबार सिंहदरबारस्थित

गृह मन्त्रालयमा गृहमन्त्री खाण र राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको हो। भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

गृहमन्त्री खाँणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिएका थिए।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्तामा हुँदा मात्र नभई प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको बताए।

जवाफमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताए।

एमसीसी पास गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंगलबार धन्यवाद दिएको राजदूत बेरीले बताए। उनले एमसीसीबारे सरकार र

प्रतिनिधि सभाको व्याख्यात्मक घोषणामा आफूहरूले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको बताए। उनले शरणार्थीलाई को भि ड-१९ वि रु द्ध को भ्याक्सिन दिने सरकारको निर्णय प्रशंसनीय भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...