काठमाडौ –
२०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरी कर्मचारीको कार्यावधि घटाउने तयारी गरिएको छ ।
विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन (दुई महिना)को हुन्थ्यो । यसपटक भने एक महिना वा ४० दिनमात्र बनाउने तयारी भएको छ ।
तलब सुविधा पनि सोहीअनुसार उपलब्ध हुनेछ । म्यादीलाई प्रहरी जवानसरह करिब २४ हजार तलब, पोसाक भत्ता पाँच हजार र खाजा खर्च उपलब्ध गराउने व्यवस्था छ ।
एक हप्तादेखि १० दिनसम्म तालिम (प्रशिक्षण) गराइन्छ ।प्रहरी प्रधान कार्यालयका अनुसार, यसमा बजेट र निर्वाचन अवधिलाई मुख्य कारण देखाइएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।
निर्वाचन आउन ७५ दिन बाँकी छ । सो अगावै म्यादी प्रहरीलाई हप्तादेखि दस दिनको तालिम दिइसक्नुपर्ने हुन्छ । विगतमा दुई महिनाको तलब सुविधासहित म्यादीलाई बिदाइ गरिन्थ्यो ।
तर, यसपटक एक महिना १० दिनभित्र बिदाइ गर्ने तयारी भएको नेपाल प्रहरीको निर्वाचन सुरक्षा कार्ययोजनामा उल्लेख छ ।
यो पनि : अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा पनि परेकी हुन् ।
अध्यक्ष लिङ्देननले अभिनेत्री थापालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
‘अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गर्नुभएको छ,’ श्रेष्ठले भने, ‘१४ जनामध्ये एक अभिनेत्री रेखा थापा पनि हुन् ।’
गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएकी थापा कुन्ती शाहीसँग पराजित भएकी थिइन् । महामन्त्रीमा पराजित भएकी थापालाई केन्द्रीय सदस्यमा मनोनय नगरिएको हो ।